काठमाण्डौ । कोरोना भाइरसबाट देशको अर्थतन्त्र डामाडोल बनेपछि डिप्रेसनमा गएका जर्मनीको हेसे(न) राज्यका वित्तमन्त्री थोमस स्केफरले आत्महत्या गरेका खबर बाहिरिएको छ । 

कोरोनाबाट राज्यको अर्थतन्त्रमा पर्नसक्ने प्रभाव निकै अत्यासलाग्दो रहेपछि यसबाट कसरी मुक्त हुने भन्ने विषयले उनी डिप्रेसनमा गएका स्थानीय चिकित्सकहरुलाई उद्धृत गर्दै दि लोकल डट डे नामको स्थानीय अनलाइनले समाचार लेखेको छ। 

सो राज्यका आधिकारिक प्रवक्ताले उनको आत्महत्या र त्यसको कारण भनी यी तथ्यहरु सार्वजनिक गरेका छन् । 

५४ वर्षीय साफरलाई शनिवार रेल्वे ट्याक नजिकै मृत अवस्थामा फेला पारिएको थियो । उनले आत्महत्या गरेका दाबी गरिएको छ । 

त्यहाँका क्याबिनेटका एक सदस्य प्रिमियर भोल्करले उनको मृत्युमा प्रतिक्रिया दिंदै भनेका छन्–‘हामी स्तब्ध छौ । हामीलाई यो खबर पत्यार नै लागिरहेको छैन ।’ 

हेसेमा निकै ठूलो बैंक ड्यूस तथा कमर्ज बैंक लगायतका ठूला बैंकहरुको हेडक्वार्टर समेत रहेको छ । 

यहाँ फ्र्यान्कफर्ट रहेको छ, जहाँ यूरोपीय सेन्ट्रल बैंक पनि छ ।

स्केफरले कोरोना भाइरसका कारण अर्थव्यवस्थामा भएको नोक्सानीसँग लड्नका लागि दिनरात काम गरिरहेका थिए र त्यहाँ टाट पल्टदै गएका कम्पनी र कामदारहरुलाई सहयोग गर्ने गरेका थिए । 

वोल्करले भनेका छन्–‘हामीले आज यो स्वीकार गर्नुपर्छ कि उहाँ पछिल्लो समय निकै बेखुश हुनुहुन्थ्यो । उहाँ हाम्रा लागि खास व्यक्ति हुनुहुन्थ्यो, यस्तो बेलामा झनै बढी आवश्यक पथ्र्यो, तर आज यस्तो भयो ।’ 

मृतकका एक पत्नी र २ बालबच्चा छन् ।