काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पल कम्पनीले कोरोनाभाइरसका कारण चीनमा आफ्नो उत्पादनको व्यापार पूर्वअनुमानतिभन्दा धेरैले प्रभावित भएको लगानीकर्ताहरुलाई सचेत गराएको छ।

एप्पलले यसअघि लिएको मार्च महिनाको आम्दानीको लक्ष्य हासिल गर्न नसक्ने पनि जनाएको छ। ‘हामीले चीनमा बन्द रहेका आफ्ना स्टोर्सहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ तर सामान्य अवस्थामा फर्किन सक्ने अपेक्षा निकै धिमा गतिमा रहेको छ’, उसले भनेको छ।

एप्पलको धेरैजसो उत्पादन केन्द्रहरु चीनमा रहेका छन्। कोरोनाभाइरसका कारण ती सबै नराम्ररी प्रभावित भएका छन्। किनकि चीन आधाभन्दा बढी जनसंख्या अहिले घरभित्र थुनिएर बस्नुपर्दा एप्पल कम्पनीका लागि स्वस्थ जनशक्तिको अभाव भइरहेको छ। ‘हामी हाम्रा कामदार स्वस्थ र निर्धक्क भएमात्र राम्रो उत्पादन हुन्छ भन्ने मान्यता राख्छौँ’, उनले भने, ‘यसका लागि हामीले आफ्ना आपूर्तिकर्ता र जनस्वास्थ्य विज्ञहरुसँग परामर्श पनि गरिरहेका छौँ।’

एप्पलले यो भाइरसका कारण अहिले विश्वबजारमा आईफोनको अभावसँगै व्यापार अस्थायी रुपमा प्रभावित भएको जनाएको छ। कम्पनीको आईफोनको व्यापार अस्थायी रुपमा प्रभावित हुँदा गत वर्षको यही अवधिको तुलनामा आम्दानीमा ८ प्रतिशतले गिरावट आउँदा ५६ बिलियन डलर घटेको जनाएको छ।

चीनमा यतिखेल प्रमुख अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्नो कार्यालय र उद्योग बन्द गरेका छन्। केहीले आफ्ना कम्पनी तथा उद्योगहरुले सुचारु गर्ने प्रयास गरे पनि व्यापार अवोन्नति टाढाको कुरा रहेको विज्ञहरु बताउँछन्। 

चीनकै ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवेई हालै सेन्जेनस्थित मुख्यालय सुचारु गरेको छ। त्यहाँ ४० हजार कर्मचारी कार्यत छन्। कर्मचारी काममा फर्किंदा आफ्ना स्वास्थ्य अवस्थाको पूर्णजानकारी र गत दुई सातादेखिको अवस्थाबारे कम्पनीलाई जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ। कम्पनीले कार्यालयको तापमान जाँच्नुका साथै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन र हात स्यानिटाइजरले धुना निर्देशन पनि दिएको छ। 

यसैगरी चीनको इन्जिन निर्माता ठूलो कमपनी वाइडुले भर्खरै विस्तार आफ्ना कार्यालयहरु खोल्न थालेको छ। तर कम्पनीले काममा फर्किने आफ्ना कर्मचारीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइन अवस्था ठीक हुनुपर्ने प्रावधान राखेको छ। – एजेन्सी