काठमाण्डौ । सारा विश्व कोरोनाले आतङ्कित भइरहेका बेला उत्तर कोरियाका सैन्य तानाशाह किम जोङ उन भने ब्यालेस्टिक मिसाइल परीक्षण गरिरहेका छन् । 

आइतबार उत्तर कोरियाले कोरीयाली समुुन्द्रमा संदिग्ध ब्यालेस्टीक मिसाइल परीक्षण गरेको छ । 

केही समयअघि पनि उत्तर कोरीयाले किम जोङ उनको सहभागितामा मिसाइल परिक्षण गरेको थियो । दक्षिण कोरयाले मिसाइल परिक्षणको जानकारी दिएको छ । 

कोरोनाको महासंकटको बेला मिसाइल परिक्षण गरेकोमा दक्षिण कोरीयाले उत्तर कोरीयाको आलोचना गरेको छ । यसलाई उसले अनुुचित कार्यको संज्ञा दिएको छ । 

दक्षिण कोरीयाको ज्वाइन्ट चिफस् अफ स्टाफका अनुुसार उत्तर कोरीयाको पूर्विय तटिय शहर वोनसानबाट छोडिएका मिसाइल आइतबार बिहान कोरीया प्रायद्धिप र जापानी समुुन्द्रको बीचमा खसेको थियो । 

दक्षिण कोरीयाली अधिकारीका अनुुसार मिसाइलले अधिकतम ३० किलोमिटरको उचाईदेखि करीब २३० किलोमिटर सम्मको यात्रा गरेको थियो ।

दक्षिण कोरियाका र अमेरीकी गुुप्तचर अधिकारीहरु मिसाइल परिक्षणको जानकारीको विश्लेषण गरिरहेका छन् । दक्षिण कोरीयाले कोरोनासंग सारा विश्व जुुधिरहँदा यस्ता सैन्य अभ्यास र कारवाही नगर्न उत्तर कोरीयालाई अनुुरोध गरेको छ । 

उत्तर कोरियाले कोरोनाको प्रचार रोक्न आक्रामक अभियान चलाइरहेको छ । उसले पटक पटक आफ्नो भूमिमा कोरोना संक्रमण नदेखिएको बताउँदै आइरहेको छ । तर विदेशी विश्लेषकहरुले यो दाबीमाथि प्रश्न उठाएका छन् । 

कतिपय विश्लेषकहरुले भने उत्तर कोरीयामा रहेको स्वास्थ्य सामाग्रीको अभाव र खस्किएको स्वास्थ्य अवस्थाका कारण कोरोनाको संक्रमणले महामारीको रुप लिन सक्ने बताएका छन् ।