काठमाण्डौ । मानव अस्तित्व नै संकटमा पार्ने गरी चीनको वुुहान शहरबाट फैलिएको ज्यानमारा कोरोनाभाइरसले विश्व तेल बजार र उर्जा क्षेत्रमा झट्का लागेको छ । जसले गर्दा विश्व बजारमा उर्जाको मागमा व्यापक गिरावट आएको छ । 

कोरोनाभाइरसले विश्वमा निम्त्याउन सक्ने आर्थिक मन्दीको डरले वुुधबार विश्व बजारमा तेलको भाउ निकै तल झरेको छ । अर्थशास्त्रीहरुले पनि कोरोनाभाइरसले विश्व अर्थतन्त्रको गतिलाई कम गर्न सक्ने र यसले अमेरिका र अन्य ठूला अर्थतन्त्र भएका देशमा आर्थिक मन्दी निम्त्याउन सक्ने चेतावनी दिइसकेका छन् । 

कोरोनाभाइरसका कारण अहिले देखिएको प्रभाव सन् २००८ को आर्थिक संकटपछि कै सबैभन्ला ठूलो हो । 

बुधबार अमेरिकी बजारमा कच्चा तेलको मूल्य २.३ प्रतिशतले घटेर प्रति ब्यारेल ४८.७३ अमेरिकी डलरमा झरेको छ । यो मूल्य सन् २०१९ को जनवरी महिना यताकै सबैभन्दा कम हो । यही वर्षको जनवरीको ६ गते प्रति ब्यारेल ६३.२७ अमेरिकी डलर रहेको तेलको मूल्य कोरोनाभाइरसले गर्दा अहिले २३ प्रतिशतले घटेको छ । 

विश्व बजारमा तेलको माग घटेसँगै लगानीकर्ता पनि आफ्नो लगानी सुुरक्षित गर्न तेलमा गरेको लगानी बेची अन्य क्षेत्रमा लगानी खन्याइरहेका छन् । 

कोरोनाभाइरसको बढ्दो प्रभावका कारण तेल अमेरिकी तेल कम्पनी गोल्डम्यान स्याचले आफ्ना क्लाइन्टलाई सन् २०२० मा तेलको माग आधीले घटाएर प्रतिदिन ६ लाख ब्यारल पुुर्याउने प्रक्षेपण गरेको छ । 

‘यदि भाइरस अझै तीव्र गतिमा बाँकी विश्वमा फैलियो भने यो आँकडा अझै तल झर्नसक्छ।’–गोल्डम्यान स्याचका विश्लेषक ब्राइन सिंगरले आफ्नो प्रतिवेदनमा बताएका छन् । 

तेलको मूल्यमा आएको गिरावटले उर्जा समूहको सेयर मूल्यमा पनि पहिरो आएको छ । विभिन्न तेल कम्पनीको सेयर मूल्यमा यतिबेला व्यापक गिरावट आएको छ । डेभोन इनर्जी र डायमण्ड ब्याक इनर्जीको सेयर मूल्यमा बुधबार मात्रै ५ प्रतिशतको गिरावट आएको छ । एसएण्डपि ५०० मा सबैभन्दा बढी गुुमाउने कम्पनीमा यी दुुई कम्पनी अग्रस्थानमा रहेका छन् । चिरपरिचित ठूला प्रतिद्वन्द्वी एक्सोन मोबिल र चेर्भोनको पनि नियति यि दुुई कम्पनी भन्दा फरक रहेन । कोरोनाभाइरस चीन हुँुदै दक्षिण कोरिया र इटलीसम्म फैलिएकाले हवाई उडानमा र स्थलगत यातायातसँग सम्बन्धित व्यवसायमा पनि गिरावट आएको छ । जसले गर्दा जेट उडानका लागि आवश्यक पर्ने इन्धन र ग्यासोलिनको मागमा कमी देखिएको छ । 

उदाहरणका लागि युुनाइटेड एयरलाइन्सले अमेरिका र चीनको चारवटा गन्तव्य बीचको हवाई उडान रद्ध गरेको छ । अमेरिकाबाट चीनको हवाई उडानको माग शून्यमा झरेको छ भने ट्रान्स प्यासिफिक रुटमा हवाई उडानको माग ७५ प्रतिशतमा खुम्चिएको छ । यसैगरी, दक्षिण कोरियासँगको हवाइ उडानमा समेत २५ देखि ३० प्रतिशतको गिरावट आएको छ । 

विश्ज बजारमा तेलको मूल्यमा आएको पहिरोले तेल निर्यात गर्ने राष्ट्रहरुको संगठन ओपेक र यसका साझेदारहरुलाई निर्णायक कदम चाल्न दवाब परेको छ । जसको कारण ओपेक र यसका साझेदारबीच अर्काे हप्ता भियनामा बैठक हुने र त्यसले बजारमा सन्तुुलन ल्याउन विश्व बजारमा तेलको आपूर्ति घटाउने विषयमा ठोस निर्णय गर्नसक्ने बताइएको छ । ‘तेलको मागमा आएको गिरावटलाई सन्तुुलनमा ल्याउन तेलको आपूर्ति कम गर्न विगतका दिनमा पनि ओपेकमा संलग्न राष्ट्रहरु एकजुुट भएका ऐतिहासिक घटनाहरु उदाहरणको रुपमा रहेको छ।’–गोल्ड म्यानका विश्लेषक सिंगरलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।