काठमाण्डौ । कोरोनाभाइरसले निम्त्याएको संकटले विश्वको आर्थिक व्यवस्था तहसनहस भएको छ । यसले सबैतिरको अर्थतन्त्रमा मन्दी छाएको छ । 

पछिल्लो दुई महिनादेखि विश्वभरको सेयर बजारमा आएको पहिरो अझै थामिएको छैन । जसका कारण विश्वका अर्बपतिहरुले दैनिक अरबौ घाटा व्यहोरिरहेका छन् । 

यही क्रममा भारतको सबैभन्दा धनाढ्य व्यक्ति मुुकेश अम्बानीको कुुल सम्पत्तिमा २८ प्रतिशतको गिरावट आएको छ । अम्बानीलाई दुुई महिनाको दौरान दैनिक २१०० करोड भारतिय रुपैयाँ अर्थात ३० करोड डलरको झट्का लागेको छ । जसले गर्दा अहिले उनको कुुल सम्पत्ति ३.३६ लाख करोड भारतीय रुपैयाँमा सीमित बन्न पुगेको छ। 

अनौठो कुुरा त के भने यस्तो संकटको बेलामा पनि चीनका केही अर्बपतिको कुुल सम्पत्तिमा वृद्धि भएको छ । जसले गर्दा विश्वका १०० धनाढ्यको सूचिमा ६ जना चिनिया अर्बपति सामेल भएका छन् । 

सोमबार जारी एक रिपोर्टमा यसको जानकारी दिइएको हो । हुुरुन ग्लोबल रिच लिस्टका अनुुसार रिलायन्स इन्डस्ट्रीज लिमिटेडका चेयरम्यान एवम् एमडीको कुुल सम्पत्तिमा १.३३ लाख करोड भारतीय रुपैयाँको गिरावट आएको छ । यसको परिणाम स्वरुप उनी विश्वका शीर्ष धनाढ्यको सूचिमा ८ स्थान तल झरेर १७ औं स्थानमा पुुगेका छन् । 

सूचिमा शामिल अन्य भारतीयमा अडानी समुुहका प्रमुुख गौतम अडानीको सम्पत्तिमा ४२००० करोड रुपैयाँ(६ अर्ब डलर) अर्थात ३७ प्रतिशतको गिरावट आएको छ । एचसिएल टेक्नोलिजोज्का प्रमुुख शिव नाडरको सम्पत्ति ३५००० करोड रुपैयाँ(५ अर्ब डलर) अर्थात २६ प्रतिशतको गिरावट आएको छ । 

त्यस्तै कोटक बैंकका उदय कोटकको सम्पत्तिमा २८००० करोड रुपैयाँ(४ अर्ब डलर) अर्थात २८ प्रतिशतको गिरावट आएको छ । अम्बानी बाहेक बाँकी तीन जना शीर्ष १०० धनाढ्यको सूचिबाट बाहिरिएका छन् । 

हुुरन रिपोटका अनुुसार सबैभन्दा धेरै घाटा फ्रान्सको फेसन कम्पनी एलवीएमएचका प्रमुुख बर्नाड आर्नाल्टलाई लागेको छ । उनको सम्पत्तिमा २८ प्रतिशत अर्थात ३० अर्ब डलर को गिरावट आएर ७७ अर्ब डलरमा सीमित बन्न पुुगेको छ । उनी पछि सम्पत्ति धेरै गुुमाउनेमा भारतका मुुकेश अम्बानी छन् । 

रिपोर्टका अनुुसार सेयरका बादशाह बारेन बफेटको सम्पत्तिमा १९ अर्ब डलरको घाटा लागेको छ र उनको कुल सम्पत्ति ८३ अर्ब डलरमा सीमित भएको छ । 

अमेजनका मालिक जेफ बेजोस अहिले पनि विश्वका धनाढ्यको सूचिमा पहिलो स्थानमै रहेका छन् । बितेको दुुई महिना उनको सम्पत्तिमा ९ प्रतिशतको गिरावट आएको छ । 

दोस्रो स्थानमा बिल गेट्स छन् जसको सम्पत्तिमा १४ प्रतिशतको गिरावट आएको छ । तेस्रो स्थानमा वारेन वफेट र चौथो स्थानमा अर्नाल्ट छन् । 

रिपोर्टका अनुुसार बितेको दुुई महिनाभित्र केही चिनियाँ अर्बपतिको सम्पत्तिमा बढोत्तरी देखिएको छ । धनाढ्यको शीर्ष १०० जनाको सूचिमा भारतका तीन अर्बपति बाहिरिएका छन् भने चीनका ६ जना सूचिमा थपिएका छन् ।