काठमाण्डौ। कोरोनाभाइरसको महामारीले नराम्ररी प्रभावित जर्मन सरकार र हवाई कम्पनी लुुफ्थान्साबीच वित्तीय संकटबाट निस्कन ९.८ बिलियन डलरको सम्झौता भएको छ।

लामो यात्राको विषयमा के–कस्तो सहयोग प्राप्त गर्न सकिन्छ भनेर लुुफ्थान्साले एक सातादेखि जर्मन सरकारसँग छलफल गरिरहेको थियो। यद्यपि यसको बदलामा सरकारको कम्पनीमा कति नियन्त्रण हुुने भन्नेमा भने कम्पनी अझै निष्कर्षमा पुुग्न सकेको छैन। 

जर्मनीको वित्त तथा आर्थिक मन्त्रालयले लुुफ्ेथान्सा सञ्चालनको दृष्टिले राम्रो कम्पनी भएको, महामारी पूर्वनाफामा रहेको र भविष्यमा यसले राम्रो गर्न सक्ने सम्भावना धेरै रहेको तर अहिले कोरोनाको महामारीका कारण कम्पनी समस्या रहेको उल्लेख गरेको थियो।

प्रतिस्पर्धी कम्पनीहरु जस्तै फ्रान्को–डच गुप्र एअर, फ्रान्स–केएलएम र अमेरिकी हवाई कम्पनी अमेरिकन एअरलाइन्स, युुनाइटेड एअरलाइन्स र डेल्टा एअरलाइन्सले पनि जर्मन सरकारको सहयोगको अपेक्षा राखेका छन्। 

लुुफ्थान्साले सरकारसँग लाभांश भुुक्तानी र व्यवस्थापनमा नियन्त्रणको सीमाका बारेमा सहमत भएको उल्लेख गरेको छ। यसका साथै सरकारले सुुपरिवेक्षण बोर्डमा दुुइटा पद परिपूर्ति गर्ने र यसमध्य एकजनालाई अडिट कमिटीको सदस्य बनाउनेछ। 

योजनाअनुुरुप जर्मन सरकारले कम्पनीमा २० प्रतिशत स्वामित्व हासिल गर्नेछ। जसलाई उसले सन् २०२३ सम्म बिक्री गर्ने योजना बनाएको छ। 

जर्मन सरकारले कम्पनीको प्रतिसेयर २.५६ युुरोमा खरिद गर्नेछ। जसको कुुल मूल्य ३०० मिलियन युुरो रहेको छ। 

जर्मनीका वित्तमन्त्री ओलफ स्क्लोजले दुुवै कम्पनी र करदाताहरुको आवश्यकतालाई मध्य नजर गरिएकाले उद्धार प्याकेज एकदमै राम्रो समाधनको उपायको भएको बताएका छन्। सरकारले गर्न लागेको सहयोग निश्चीत समयको लागिमात्रै भएको उनले स्पष्ट पारेका छन्। “जब कम्पनी फेरि लयमा फर्कनेछ तब सरकारले कम्पनीको स्वामित्व थारै नाफामा बिक्री गर्नेछ”, उनले भने। 

सरकारले कम्पनीको गैरमतदान पुँजीमा ५.७ बिलियन युुरो पनि प्रवाह गर्नेछ। अतिरिक्त रुपमा लुुफ्थान्साले राज्यद्वारा समर्थित केएफडब्ल्यू बैंक र निजी बैंकबाट ३ बिलियन युुरो कर्जा प्राप्त गर्नेछ। सरकारसँगको यो सम्झौता कम्पनीका सेयरधनी र युुरोपेली कमिसनबाट स्वीकृत हुुने भने बाँकी रहेको छ। – एजेन्सी