काठमाण्डौ । कोरोनाभाइरस संकटका कारण वैश्विक ऊर्जा लगानीमा ऐतिहासिक गिरावट आएको छ। 

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुुसार महामारीपूर्व वैश्विक ऊर्जा लगानीमा २ प्रतिशत कोष जुुटाउने योजना बनेको थियो र अहिले यो २० प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ। 

तेलमा ३० प्रतिशत र कोइलामा १५ प्रतिशत लगानीको गिरावट आउने प्रक्षेपणका साथ वर्तमान अवस्थामा सबैभन्दा बढी प्रभाव जीवाष्म इन्धनमा देखिएको छ। नवीकरणीय ऊर्जामा १० प्रतिशत लगानी कमी आएको छ र यो जलवायुु परिवर्तनसँग लड््नका लागि आवश्यक पर्नेभन्दा आधीमात्रै हो। 

विश्वका अधिकांश देशहरुले कोरोनाको नियन्त्रण र रोकथामका लागि जारी गरेका लकडाउनका कारण पहिलोपटक ऊर्जा क्षेत्रको लगानीमा आएको गिरावटले पृथ्वीलाई तताउने कार्बन उत्सर्जनमा कमी देखिएको छ। तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले कोरोनाको प्रकोप अन्त्य भएपछि जीवाष्म इन्धनको बढ्दो प्रयोगपछि विश्वमा कार्बनडाइअक्साइडको मात्रामा बढ्ने चेतावनी दिएको छ। किनकि चीन र अन्य एसियाली देशहरुले भविष्यको ऊर्जा आपूर्तिका लागि कोइलामा आधारित नयाँपुुस्ते संयन्त्रहरुका लागि योजना बनाइरहेका छन्।

कोरोना महामारीका कारण अहिले समग्र ऊर्जा लगानीमा ४०० मिलियन डलरको कमी आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुुसार ऊर्जा प्रोजेक्टहरु सूचारु गर्न लामो समय लाग्ने हुँदा विश्व अर्थतन्त्रले पुुनः गति लिन थालेपछि इन्धन आपूर्ति सहज हुुनेमा आशंका रहेको जनाएको छ। – एजेन्सी