काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण यो वर्ष सेप्टेम्बरसम्म विश्वभर श्रमिकहरुको आय गत वर्षको यही अवधिको तुलनामा १०.७ प्रतिशतले घटेको छ। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार यो अवधिमा श्रमिकको आय ३.५ लाख करोड डलरले घटेको हो। यो आँकडामा विभिन्न देशमा राहात प्याकेजद्वारा दिइएको सहायता भने समावेश नरहेको आईएलओले जनाएको छ।

आईएलओले महामारीका कारण व्यापारव्यवसाय तथा उद्योगधन्दा बन्द हुँदा घटेको कामका कारण श्रमिकको आय घटेको जनाएको छ। आईएलओका अनुसार यसको सबैभन्दा धेरै असर निम्नआय भएको देशमा देखिएको छ। यस्ता देशमा श्रमिकको आय १५.१ प्रतिशतले घटेको आईएलओले उल्लेख गरेको छ। 

क्षेत्रगत हिसाबले भने सबै बढी मार अमेरिकी राष्ट्रहरुमा परेको देखिएको आईएलओले जनाएको छ। अमेरिकी राष्ट्रहरुमा यो अवधिमा श्रमिकको आय १२.१ प्रतिशतले घटेको छ। – एजेन्सी