काठमाडौ । कोरोनाभाइरस महामारीका कारण फ्रान्सको अर्थव्यवस्थामा रेकर्डतोड अर्थात् १३.८ प्रतिशत गिरावट आएको छ।

अमेरिका र जर्मनीपछि अहिले फ्रान्सको अर्थव्यवस्थामा भारी गिरावट देखिएको हो। फ्रान्समा निर्यात, लगानी र उपभोक्ताको खर्चमा तीव्र गिरावट आएको छ। तथ्यांकअनुसार गत अप्रिल फ्रान्सको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय रह्यो।

मे र जुनमा प्रतिबन्धहरु खुला गरिँदा फ्रान्सको अर्थतन्त्रमा केही सुधार देखिएको थियो। यद्यपि अहिले पनि आर्थिक गतिविधिहरु औसतभन्दा तल रहेको छ। यी तथ्यांकअनुसार पछिल्लो तीन महिनादेखि फ्रान्सले आर्थिक मन्दीको सामना गरिरहेको प्रस्ट हुन्छ। 

फ्रान्ससँगै स्पेन पनि कोरोनाका कारण आर्थिक मन्दीको चपेटामा परेको छ। स्पेनको अर्थव्यवस्थामा पनि अन्य देशको तुलनामा निकै गिरावट आएको छ। 

स्पेनको जीडीपीमा यो वर्षको दोस्रो त्रैमाससम्म लगभग २० प्रतिशतको गिरावट देखिएको छ। जुन पहिलो त्रैमासमा ५ प्रतिशत रहेको थियो। – एजेन्सी