काठमाण्डौ । अमेरीका र रुसबीचको आपसी सम्बन्धको तिक्तता जगजाहेर नै छ । तर कोरोनाको संकटको बेला रुसको नयाँ रुप देखिँदैछ । रुसले कोरोनाबाट अतिप्रभावित अमेरीकाको न्युुयोर्कमा मेडिकल सामाग्रीको आपूर्ति गरिरहेको छ । जसलाई रुसको “फ्रम रुस विद लभ” को अभियानको हिस्साको रुपमा हेरिदैछ । 

मार्च महिनाको अन्तिममा पनि यस्तै मालवाहक विमान कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित इटलीमा पुुगेको थियो । मेडिकल सामाग्रीको अलावा १०० रुसी सैन्य चिकित्सक पनि इटली पुुगेका थिए । 

रुसी मिडिया आफ्नो सरकारको यो उदारतालाई प्रमुुखताका साथ प्रशारण गरिरहेका छन् । तर यसमा कति सत्यता छ र कति झुुठ ? एउटा प्रश्न यो पनि उठिरहेको छ कि के रुस यो संकटबाट फाइदा उठाइरहेको त छैन ?

अमेरीकी विदेशमन्त्री माइक पाम्पियोले एक ट्वीट गर्दै अमेरीकाले रुसी सामाग्रीहरुको भुक्तानी गरिरहेको र कोरोनालाई हराउन रुस र अमेरीका मिलेर काम गरिरहेका बताएका थिए । अमेरीकाका अनुुसार दुुवै देशका राष्ट्रपति बीच भएको टेलिफोन सम्वादका क्रममा मेडिकल सामाग्रीको आपूर्तिको सहमती भएको थियो । 

उता रुसको विदेश मन्त्रालयले आधा सामाग्रीको भुुक्तान? अमेरीकाले गरेको र आधा रुसले अमेरीकालाई राहत स्वरुप प्रदान गरेको जनाएको थियो । तथापि रुसका टेलिभिजन च्यानलहरुमा यो आपूर्तिलाई सहयोगका रुपमा चित्रण गरिँदैछ र भुुक्तानीको बारेमा केही पनि उल्लेख गरेको देखिदैन । 

रुसको सबैभन्दा ठूलो मिडिया समूहमध्ये एक ग्याजप्रोम मिडियाको एनटिभिको एक रिपोर्टमा जोन एफ केनेडी एअरपोर्टमा रुसी जहाज देखेर त्यहाँका स्टाफ उत्साहित देखिएका, विमान अगाडि उभिएर सेल्फी पनि खिचेका र जहाजका पाइलट र रुसी राष्ट्रपतिलाई धन्यवाद दिएको जनाइएको थियो । 
अहिले अमेरीकाको मुुख्य सहर न्युुयोर्क कोरोना संक्रमणको केन्द्रविन्दुु बनेको छ । जोनहपकिन्स युुनिर्भसिटीका अनुुसार अमेरीकामा ७ हजारभन्दा बढीको मृत्युु भइसकेको छ । रुसमा पनि कोरोना नियन्त्रण र रोकथामका लागि अमेरीका र युुरोप जस्तै लकडाउन गरिएको छ । 

सहयोगको आलोचना
रुसले प्रदान गरेको सहायतालाई इटलीले धन्यवाद दिएको छ । तर रुसको इरादा र स्वार्थलाई लिएर शंका गर्न थालिएको छ । 

इटलीको अखबार ला स्टाम्पाले स्रोतलाई आधार बनाएर आपूर्तिको ८० प्रतिशत हिस्सा गुुणस्तरहीन रहेकाले यो सहयोग उपयोगी नभएको लेखेको छ । 

उक्त लेखमा यो केवल पुुटिनको उचाई बढाउन रचिएको नाटक मात्रै भएको उल्लेख गरिएको छ । यसबारेमा अमेरीका लागि रुसी राजदुुत अनातोलि अनातोनोवसंग जान्न खोज्दा उनी आक्रोशित बनेका थिए । 

रुसको तर्फबाट प्रदान गरिएको सहयोगलाई गरेको आधारहीन आलोचना र भरोसा नगरेकोमा उनी आक्रोशित बनेका थिए । 

यो कार्यलाई उनले निन्दनीय र अनैतिक भएको बताएका थिए । जसले रुसको सहयोगलाई राजनीतिककरण गर्न खोजिरहेका छन्, उनीहरुलाई इतिहासबारे कम जानकारी छ । 

उनीहरुले सम्झनुुपर्छ कि सन् १९०८ को भुुकम्पले इटली ध्वस्त भएको थियो । त्यतिबेला पनि रुसी नाविद सहयोगका लागि सिसली पुुगेका थिए । रुसी मिडियाले इटलीलाई दिइएको सहयोगको धेरै प्रशंसा गरेरहेका छन् । उसो त रुसी सहयोगको आधिकारीक रुपमा इटलीका रक्षामन्त्रि लारेन्जो गुुयरिनोले आभार प्रकट गरिसकेका छन् । तर अनाधिकारिक रुपमा इटलीका पूर्व प्रधानमन्त्री सिलवियो बर्लुुस्कोनिले पनि आभार प्रकट गरेका छन् । उनी पुुटिनका मित्र मानिन्छन् । 

इटलीमा रुसको सर्मथन 
रुसको सरकारी च्यानल क्रेमलिनको सर्मथन गर्ने वेभसाइट तथा टेलिग्राफ च्यानलको खबरमा इटलीमा युुरोपियन झण्डाको साटो रुसको झण्डा फहराइएको र आफ्ना कौसिमा रुसी गित गाइरहेका जनाइएको छ । 

तर यसको पुुष्टि गर्ने एउटा मात्रै भिडियो र व्यक्ति फेडेरिको काने भेटिएका छन् । बिबिसी रुसी सेवाले कानेसंग कुुराकानी गरेको थियो । उनी एक इन्जिनियर हुुन् । उनले आफू निजी रुपमा रुस र रुसी राष्ट्रपतिको शिष्य भएको बताए । कानेले केही रुसी व्यापारीसंग कारोबार गरेका थिए । उनले निजी स्तरमा रुसको सहयोगको सराहना गरेका छन् र आफ्नो घरमा रुसको झण्डा पनि फहराएका छन् । तर रुसका मिडियाले इटलीमा व्यापक रुपमा रुसी गीत गाइएको बताइरहेका छन् । अनौठो कुुरा त के भने पहिले चीनले पनि इटलीमा व्यापक रुपमा चीनीया गीतहरु बजिरहेको बताएको थियो । तर इटलीको एक मिडिया समूहले यसलाई झुठो साबित गरेको थियो ।  

-बीबीसीको सहयोगमा