एजेन्सी । इटलीमा एक वार्ड ब्वाईले आफूलाई कोरोना सारेको आरोपमा आफ्नै गर्लफ्रेन्डको हत्या गरेका छन् । उनकी गर्लफ्रन्ड पेशाले डाक्टर हुुन् । 

दुुवै जना इटलीको मेसिनामा काम गर्ने गर्दथे । तर कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि उनीहरुलाई स्वास्थ्य सेवामा खटाइएको थियो । २८ वर्षीय डि पेसले मंगलबार प्रहरीलाई फोन गरेर आफूले गर्लफ्रेन्डको हत्या गरेको बताएका थिए । 

सिसलीको प्रहरी घटनास्थल पुुग्दा पेसले आफ्नो हातको नशा काटेका अवस्थामा भेटिएका थिए । प्रहरीलाई हत्याको कारण बताउँदै गर्लफेन्डले आफूलाई कोरोनाभाइरस सारेका कारण आफूले हत्या गरेको उनले बताएका छन् । तर प्रहरीले उनको यो कारणप्रति शंका गरेको छ । 

पहिले कोरोनाभाइरसको जाँच गर्दा दुुवै जनालाई कोरोना नभएको पुष्टि भएको थियो । यो घटनाको इटलीमा विरोध भइरहेको छ । मानिसहरुले सामाजिक सञ्जालमार्फत आफ्ना विरोधका आवाज उठाएका छन् । डि पेस की गर्लफ्रन्ड लोरेनाले आफ्नो हत्या हुुनुुभन्दा केही समय पहिले महामारीको बेला मरेका ४१ जना इटालियन डाक्टरहरुको विषयमा सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेकी थिइन् ।