काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रण्ण रोकथाम तथा उपचार कोषमा नेपाल लाइफ इन्स्योरेन्सले रु. १ करोड सहयोग गर्ने भएको छ । 

नेपाल लाइफको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु. १ (एक) करोड सहयोग गर्ने निर्णय गरेको हो । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको उल्लेख छ ।