काठमाण्डौ ।  विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूप्रति चासो÷सरोकार व्यक्त गरेको जनाएको छ । 

यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोना भाइरसको विस्तार विरुद्धको रोकथाम सम्बन्धी उपायहरू अबलम्बन गर्न सुरु गरिसकेको दाबी गरेको छ ।  बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्धारमा  सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टाँसिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन बैंकको अनुरोध छ । 

विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाल इन्भेष्टमेन्ट बैंक समग्र देशवासीहरूलाई आग्रह गरेको जनाउँदछ ।