काठमाण्डौ । प्राइम कमर्सियल बैंकले कोरोना कोषमा रु. १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा आज आज शुुक्रबार बैशाखरु. १,७५,००,०००/-(अक्षरुपी एक करोड पचहत्तर लाख) रुपैयाँको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई हस्तान्तरण गरे । 

साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको जनाएको छ ।