काठमाण्डौ । हरेकलाई धनी बन्ने चाह हुन्छ। आजको समयमा धनी बन्न मुस्किलको कुरा भने छैन। आम्दानीका थुप्रै तरिकाहरु छन्। मार्केटमा कम बचतमै राम्रो प्रतिफल पाउने थुप्रै योजनाहरु छन्। 

तर यतिबेला विश्व महामारी कोरोनाभाइरस मानिसको जनजीवन आतंकि बनेको छ । कोरोना रोकथामका लागि जारी लकडाउनका कामधाम नहुँदा मानिसहरुमा पैसा कसरी परिचालन गर्ने भन्ने चिन्ता पर्न थालेको छ । कोरोनापछि आर्थिक स्थिति के हुने भन्ने चिन्ता पनि उत्तिक उठ्न थालेको छ । 
यस्तो संकटका बेलामा समझदारीका साथ खर्च र बचतको सन्तुलना कायम गर्न सके जीवनशैली आरामदायी हुन सक्छ ।

समझदारीका साथ पैसा खर्च गर्ने हो भने तपाइँ पनि सम्पन्न जीवनशैली व्यतीत गर्न सक्नुहुन्छ। जानकारीका अनुसार आफ्नो कमाइबाट सबैभन्दा पहिले बचत गर्ने बानी विकास गर्नुपर्छ अनिमात्र बचेको पैसा खर्च गर्नुपर्छ। तपाइँले बचत र लगानीका बारेमा वित्तीय सल्लाह लिन आवश्यक हुन्छ। तपाइँले आफ्नो पैसा समझदारीका साथ खर्च, बचत र लगानी गर्न आवश्यक हुन्छ।

फजु खर्चबाट बचौँ 

कतिपय अवस्थामा यदि कसैसँग धेरै पैसा छ भने ऊ खुलेर खर्च गर्छ। तर यस्तो गर्दा भविष्यमा आर्थिक समस्या पर्न सक्छ। किनकि जीवनमा जति पैसा बचत गर्न सकिन्थ्यो, त्यो सबै खर्च भएर सकिन्छ। त्यसैले फजुल खर्च गर्ने बानी हटाउनु नै उत्तम हुन्छ। यसका लागि खर्चको योजना र बचतको बानी विकास गर्नुपर्छ। 

पैसा लगानी गर्नुअघि विचार गरौँ

पैसा छ अनि सोचविचार नगरी लगानी गर्ने गलत फैसला गर्दा फस्न सक्छ। अनि त्यस्तो योजनामा पनि पैसा लगानी नगर्दा नै उत्तम हुन्छ, जसका बारेमा आफूलाई कुनै अनुभव वा जानकारी नै छैन। प्रायः धेरै पैसा हुँदा मानिसहरुले सोचविचार नै नगरी पैसा लगानी गर्छन् र पछि पछुताउँछन्। त्यसैले आफूलाई जानकारी र अनुभव नभएको तथा योजनालाई आवश्यक पर्याप्त पैसा नहुँदासम्म त्यस्तो काममा हात नहाल्नु नै बेस हुन्छ।

संकटमा अलर्ट रहौँ

यतिबेला सारा विश्व कोरोनाभाइरस महामारीबाट आतंकित छ। अहिले विश्वमा ठूलो आर्थिक संकट नै उत्पन्न भएको छ। यस्तो समयमा आफूसँग भएको पैसा अनावश्यक चिजमा खर्च गर्नुभन्दा पनि आवश्यकताअनुसार खर्च गर्नु उत्तम हुन्छ। यस्तो बेला लगानी र खर्चमा पनि नियन्त्रण राख्न आवश्यक छ। अहिलेको अवस्थामा लगानीभन्दा पनि पैसा जोगाएर राख्नु नै भविष्यका लागि राम्रो हुने विज्ञहरु बताउँछन्।