काठमाण्डौ । कोरोना संकट र लकडाउनकै बीच आगामी आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुुने निर्णयप्रति लगानीकर्ताले तीव्र विरोध जनाएका छन् ।

नेप्सेले अनलाइनका विषयमा अर्थमन्त्रालयलाई गलत ब्रिफिङ गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको आरोप छ । 

अधूूरो र अपाङ्ग अनलाइन भएको जिकिर गर्दै यसबाट धितोपत्र बजार कसरी सञ्चालन हुुन्छ भन्ने सिलसिलामा राजाको कथासमेत सुुनाएन भ्याए ।

‘एकादेशमा राजाले सुुनको लुुगा पहिरिएछन्, बाहिरका मानिसले हेर्दा लुुगा लगाएको जस्तो देखिन्छ, तर बच्चाले नाङ्गै छ भनेर भनिदियो, किनकि बच्चाले साँचो बोल्छ  । हुुनु पनि हो।’–रौनियारले भने । एकप्रतिशत हाराहारी अनलाइन युुजर लिएका लगानीकर्तामा बाँकी ९९ प्रतिशतले अनलाइनलाई विश्वास नगरेकै कारण यो संख्या नबढेको उनको तर्क छ । मुुठ्ठीभरका केही व्यक्तिहरुका लागि सेयर बजार खोल्ने निर्णयले बजारमा लगानीकर्ताको सहजपूूर्ण पूूर्ण सहभागिता नहुुुने उनको दाबी छ । 

अहिले पनि नेप्से अनलाइन कारोबार प्रणाली परीक्षणकालमा नै रहेको दाबी गरेका उनले हालसम्म बैंक इन्टीग्रेसन किन नगरिएको भन्दै प्रश्न तेर्साए ।

यो अवस्थामा बजार खुुलाउने निर्णय स्वीकार्य नभएको बताउँदै सेयर बजारको क्षति नेप्सेले बेहोर्नुुपर्ने उनको भनाइ छ । ‘यदि अनलाइन कारोबार प्रणाली भएको भए यतिका दिन बजार किन बन्द गर्नुुपथ्र्यो र, खोले भइहाल्थ्यो नि ?’ उनले भने । 

धितोमा राखिएका सेयर बेच्ने अवस्था अहिले छैन, लकडाउनका कारण लगानीकर्तालाई नै आवतजावत गर्न असुुविधा भइरहेको बेला बोर्ड, नेप्से र ब्रोकरले मात्र दोकान खोलेर हुुन्छ ? भन्दै उनले प्रश्न तेस्र्याए ।

लकडाउनकै अवस्था रहेकाले बजारमा लगानीकर्ताहरुको सहभागिता नहुुने र बजार स्वतन्त्र र निष्पक्ष नहुुने दाबी गरेका सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल सेयर सेटलमेन्टमा कठिनाइ रहेको तर्क गर्छन् । ‘हामी लगानीकर्ताले बजार बन्द गरेको आरोप छ, तर हामी त २४ सै घण्टा बजार खुुुल्नुुपर्छ भन्ने अडानमा हो । पूूर्ण अनलाइन कारोबार प्रणाली सुुविधामा के त्यस्तो नयाँ भयो र ?’–अर्याल पनि आक्रोशित हुुँदै भन्छन्–‘हालको अवस्थामा कुनै पनि कोणबाट बजार खोल्न सम्भव छैन । चलखेलका लागि सेयर बजार खुलाउन खोजिएको हो भने त के भन्नु छ र ?’ 

नेपाल पूूूूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल समेत कुुनै पनि हालतमा अहिले बजार खोल्न नहुुने जिकिर गर्छिन् । ‘सहज रुपमा हिँड्न अथवा धितोपत्र कारोबार गर्नसक्ने अवस्था छैन।’उनले बिजशालासँग भनिन्–‘सहज अवस्था नभएसम्म यही अवस्थामा बजार खुलाउने निर्णय जायज होइन।’