काठमाण्डौ । कोलम्बियाको एउटा कम्पनीले कोरोना संक्रमितका लागि बहुुउपयोगी बेड (शय्या) तयार गरेको छ।

कम्पनीले हालै तयार गरेको यो बेडलाई कोरोना संक्रमितको उपचार र निधनपछि प्रयोग गर्न सकिनेछ। यदि संक्रमितको निधन भए यो बेडलाई नै कफिनका रुपमा परिणत गर्न कम्पनीले जनाएको छ। 

कम्पनीले यो अनौठो समाधानका लागि निजी क्लिनिकको सहयोग लिएको थियो। कोरोनाभाइरसका कारण विश्वभर मृत्युु हुुनेको संख्या बढिरहेको कारण कोलम्बियन कम्पनीले यो अनौठो समाधानको उपाय निकालेको जनाएको छ। 

कम्पनीका म्यानेजर रोडोल्फ गोम्जले कोरोनाबाट मृत्युु हुुने गरिब परिवारका सदस्यहरुले कफिन किन्ने पैसा जुुटाउन नसक्ने भएकाले आफूहरुले समाधानको यस्तो कदम उठाएको बताएका छन्। उनले इक्वेडरमा कोरोनाबाट मृत्युु भएकाहरुले बेड र कफिनको अभावको सामना गरेकाले आफूहरुलाई यस्तो अनौठो उपायको जुुक्ति फुुरेको बताए। उनले बेड या त कफिन तयार गर्न मोटो गद्दाको प्रयोग गरिएको र बेडको चारैतिर धातुुको रेलिङ लगाइएको बताएका छन्। 

यसलाई बेड र कफिन दुुवैका लागि प्रयोग गर्न मिल्ने गरी तयार पारिएको कम्पनीले जनाएको छ। कम्पनीका म्यानेजर गोम्जले स्रोत र साधनको अभाव झेलिरहेको कोलम्बियाली अमेजनस विभागलाई सहयोगस्वरुप यस्ता १० वटा बेडहरु प्रदान गर्ने लक्ष्य लिएको बताएका छन्। 

यस्तो अनौठौ बेड तयार गर्ने कम्पनी कोलम्बियन विज्ञापन जगतको परिचित नाम हो। लकडाउनका कारण कोरोबार ठप्प भएकाले कम्पनीले अहिले कफिनमा परिणत हुुने बेड निर्माण गरिरहेको छ। 

बेड निर्माण गर्दा मानिसहरुलाई संक्रमणबाट बचाउने विषयमा ख्याल राखिएको कम्पनीले जनाएको छ। – एजेन्सी