काठमाण्डौ । भारत सरकारले आज सोमबारदेखि लकडाउनका प्रतिबन्धहरु थोरै खुकुलो पार्दै घरेलु हवाईसेवा सुचारु गर्ने तयारी गरिरहेका छन्।

भारतको एयरलाइन्स कम्पनीहरुले सोमबारदेखि आफ्नो नियमित उडान तालिकाको एक तिहाइ उडान सुरु गर्दैछन्। तर हवाई यात्रा गर्ने यात्रुको क्वारेन्टाइनसँग जोडिएका नियमबारे भने अहिलेसम्म स्पष्ट निर्णय नै भएको छैन। 

महाराष्ट्र, तमिलनाडुर पश्चिम बंगालजस्ता ठाउँ भारतको सबैभन्दा व्यस्त तथा व्यापाििरक हवाई अड्डाको हब मानिन्छ। उनीहरुलाई आधिकारिक रुपमा कोरोनाभाइरस महामारी बढ्नुको कारण हवाई अड्डा खोल्ने उनीहरुको तयारी पूरा नभएको बताइउको छ। यद्यपि महाराष्ट्र र तमिलनाडुले सीमित हवाई उडानको अनुमति दिन तयार भएका छन्। 

भारतका केन्द्रीय उड्डयनमन्त्री हरदीप सिंह पुरीले ट्विटरमा दक्षिणी राज्य आन्ध्र प्रदेशमा भने मंगलबारदेखि घरेलु उडान सुरु हुने सूचना दिएका छन्। ‘विभिन्न राज्य सरकारले उडान पुनः सुरु गर्न निकै विचारविमर्श गर्नुपर्यो तर अखिरमा सोमबारदेखि घरेलु उडान सुरु भएको छ।’ 

पश्चिम बंगलाले केन्द्र सरकारसँग भने हवाई सेवा सुचार गर्न अझै केही समय लाग्ने जानकारी गराएको छ। किनकि पश्चिम बंगालले भर्खरै अम्फान चक्रबातको कहर सामना गर्नुपरेको थियो। 

पुरीले बिहीबारदेखि कोलकाताबाट सीमित उडान सुरु हुने बताएका छन्। 

भारतका सबै राज्यलाई हवाई अड्डासँग सम्बन्धित नियम बनाउने स्वतन्त्रता दिएको छ। तर यसले अर्थव्यवस्था सुरु गर्न केन्द्रीय सरकारको निर्णयमा थोरै समस्या भइरहेको छ।

केन्द्रीय स्वास्थ्यमन्त्रीले आइतबार सबै राज्यमा हवाई यात्रा गर्ने यात्रुका लागि क्वारेन्टाइन प्लान बनाउन सुझाव दिएका थिए। जो यात्रु बिरामी छैनन् वा सामान्य लक्षण देखिएको उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न र बाँकीलाई सरकारी क्वारेन्टाइनको सुविधा दिन उनले सुझाव दिएका थिए।

यता सोसल मिडियाहरुमा भने कोरोना संक्रमणको मामिला बढिरहेकै बेला हवाई उडान सुरु गर्नुअघि परिस्थितिको समीक्षा किन नगरिएको भन्नेबारे आवाज उठिरहेको छ। 

बितेको २४ घन्टाको अवधिमा भारतमा कोरोनाबाट ६ हजार ७०० भन्दा बढी मानिस संक्रमित भएका छन्। यो एकैदिन यति धेरै संक्रमित भएको हालसम्मकै उच्च हो। योसँग भारतमा सोमबार बिहानसम्म १ लाख ३१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। – एजेन्सी