काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा झन्डै ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयअनुसार कोरोनाबाट भारतमा एकैदिन ७ हजार ९६४ जना संक्रमित भएका हुन्। भारतमा यत्तिका संख्यामा एकैदिन फेला परेका नयाँ संक्रमित हालसम्मकै उच्च हो।

यीसँगै भारतमा संक्रमितको संख्या १ लाख ७३ हजार ७६३ पुगेको छ। तीमध्ये ८२ हजारभन्दा बढी निको भएर घर फर्किसकेका छन्।

यसैगरी भारतमा पछिल्लो २४ घन्टाको अवधिमा २६५ जनाको ज्यान गएको छ। यीसँगै भारतमा ज्यान गुमाउनेका सख्या बढेर ४ हजार ९७१ पुगेको छ। 

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित देखिएका छन्। तयहाँ करिब ६२ हजार २२८ जना यो महामारीबाट संक्रमित भइसकेका छन्।

त्यस्तै भारतकै तमिलनाडमा २० हजार २४६ र दिल्लीमा १७ हजार ३८६ र गुजराजमा १५ हजार ९३४ जना संक्रमित भइसकेका छन्। – एजेन्सी