काठमाण्डौ । जब एसियाली क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणको सफलताको कुुरा आउँछ तब, सबैभन्दा पहिले दक्षिण कोरिया, ताइवान र हङकङको नाम अगाडि आउने गर्दछ ।  तर यस विषयमा बेवास्ता गरिएको एउटा सफलताको कथा पनि रहेको छ । जुुन कथा हो भियतनामको । 

कुल ९ करोड ७० लाख जनसंख्या भएको भियतनाममा अहिलेसम्म कोरोनासँग सम्बन्धित कुुनै पनि मृत्युुको घटना देखिएको छैन । शनिबारसम्म यहाँ कोरोनाका ३२८ जना मात्रै संक्रमित देखिएका छन् । चीनसँगको लामो सिमाना र प्रत्येक वर्ष लाखौं चिनिया पर्यटकहरुको भियतनाम भ्रमणका बाबजुत पनि यहाँ कोरोना संक्रमणका घटनाहरु ज्यादै नै न्यून देखिएका छन् । 

अझ अर्काे महत्वपूर्ण कुुरा के भने भियतनाम निम्न मध्य आय भएको देशमा गनिन्छ र यहाँको स्वास्थ्य प्रणाली यस क्षेत्रका अन्य देशहरुको तुुलनामा कमजोर रहेको छ । विश्व बैंकका अनुुसार यहाँ प्रत्येक १० हजार जनामा जम्मा ८ वटा डाक्टरहरु उपलब्ध रहेका छन् । दक्षिण कोरियामा यो संख्या एकतिहाई रहेको छ । 

तीन साता लामो राष्ट्रव्यापी लकडाउनपछि अप्रिल महिनाको अन्त्यबाट भियतनाम सरकारले सामाजिक दुुरीका नियमहरुलाई खुुकुुलो पारेको थियो । ४० दिनबाट यहाँ कुुनै पनि स्थानीय संक्रमणका केसहरु देखिएका छैनन् । व्यापार, व्यवसाय र स्कुुलहरु पुुनः खुुल्ला गरिएका छन् र आम जनजीवन फेरि सामान्यतर्फ अग्रसर भइरहेको छ । तर केहीलाई भने भियतनाम सरकारको यो आधिकारिक आँकडा माथि आशंका पनि हुुन सक्छ । 

कोरोनाको उपचार गर्न भियतनाम सरकारले मुुख्य अस्पतालमा खटाएका संक्रामक डाक्टर गाइ थावेइटिस्ले यि आँकडाहरु वास्तविकतासँग संग मेल खाने बताएका छन् । “म सधै वार्डहरुमा जाने गर्दछुु । मलाई कति जना संक्रमित छन् भन्ने जानकारी हुुन्छ र अहिलेसम्म मृत्युुका कुुनै पनि घटनाहरु देखिएका छैनन् ।” उनले भने । 

आखिर भियतनाम कसरी विश्वमा फैलिरहेको कोरोनाको डरलाग्दो कहरबाट जोगिन पुुग्यो त ? सार्वजनिक स्वास्थ्य विज्ञहरुका अनुुसार यो प्रश्नको उत्तर भियतनाम सरकारले सुुरुवाती चरणमा चालेका कदमहरुको सम्मीश्रणमा रहेको छ । जसमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिन सुुविधा र प्रभावकारी सार्वजनिक सञ्चार जस्ता तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । 

प्रारम्भिक कदम
कोरोनाको पहिलो संक्रमण देखिनुु भन्दा हप्तौअघिदेखि भियतनामले कोरोनाको सम्भावित प्रकोपका लागि तयारी थालिसकेको थियो । त्यतिबेला चिनियाँ अधिकारीहरु र विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने कुुनै पनि स्पष्ट प्रमाण नभेटेको बताएका थिए । तर भियतनाम कुुनै पनि खतरा उठाउन चाहदैनथ्यो । “हामीले विश्व स्वास्थ्य संगठनको निर्देशिकालाई मात्रै कुरेर बसेनौ । हामीले देशभित्र र बाहिरबाट जम्मा गरेका डेटाहरुलाई प्रयोग गर्यौ र प्रारम्भिक कदम चाल्ने निर्णय गर्यौ ।” भियतनाको राष्ट्रिय स्वास्थ्य तथा महामारी संस्था अन्तर्गतको संक्रमण नियन्त्रण विभागका सहायक प्रमुुख फाम क्वाङ थाईले भने । 

जनवरी महिनाको सुुरुवाततिरैबाटै हानोई अन्तराष्ट्रिय विमानस्थलमा आउने यात्रुुहरुका लागि तापक्रम नाप्ने यन्त्र जडान गरिएको थियो । तापक्रम उच्च र ज्वरो देखिएका यात्रुुहरुलाई भिन्दै राखेर सुुुपरीवेक्षण गरिएको थियो । मध्य जनवरीदेखि उपप्रधानमन्त्री भुु डकले सरकारी संस्थाहरुलाई भियतनाममा कोरोनाको फैलावट रोक्नका लागि कठोर उपायहरु अबलम्बन गर्न आदेश दिएका थिए । यसमा सिमा नाकाहरु र विमानस्थलहरु र सामुुन्द्रिक नाकाहरुमा मेडिकल क्वारेन्टिन स्थापना गर्ने विषयहरु समावेश थिए । 

जनवरी २३ मा भियतनाममा पहिलो कोरोनाको केस देखिएको थियो । भियतनाममा बस्ने छोरा र वुहानबाट उनलाई भेट्न आएका उनका बुुवालाई कोरोना देखिएको थियो । यो घटनाको दोस्रो दिनदेखि नै भियतनाम सरकारले वुुहानबाट आउने र जाने सबै उडानहरु रद्ध गरेको थियो । सम्पूर्ण देश लुुनार नयाँ वर्षको बिदामा रमाइरहेका बेला देशका प्रधानमन्त्री नुुग्एन छुुहान फुुकले कोरोना विरुद्ध युुद्धको घोषणा गरेका थिए । उनले यो महामारीसँग लड्नुु भनेको शत्रुुसंग लड्नुु जस्तै भएको बताएका थिए । 

यसको तीन दिनपछि कोरोनाको प्रकोपलाई नियन्त्रण गर्नका लागि उनले राष्ट्रिय संगठनको स्थापना गरेका थिए । सोही दिन विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई अन्तराष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । फेबु्रअरी १ मा भियतनाम सरकारले कोरोनालाई राष्ट्रिय महामारी घोषणा गरेको थियो । त्यतिबेला त्यहाँ कोरोनाका ६ वटा केसहरु देखिएका थिए । 

चीन र भियतनामबीचका सबै हवाई उडानहरु रद्ध गरिएका थिए र चिनियाँ नागरिकहरुको भिसा पनि रद्ध गरिएको थियो । त्यसको केही दिनपछि सबै विदेशीहरुलाई भियतनाम प्रवेशमा रोक लगाइएको थियो । लकडाउनलाई भियतनामले प्रभावकारी ढंगले लागू गरेको थियो । 

फेबुु्रअरी १२ मा ७ वटा कोरोना संक्रमितहरु देखिएपछि हानोईको १० हजार बसोबास भएको एउटा सिंगो ग्रामीण समुुदायलाई २० दिनसम्मका लागि सिल गरिएको थियो । यो लकडाउन चीनभन्दा बाहिर गरिएको पहिलो थियो । 

लुुनार नयाँ वर्षपछि खुुल्ने भनिएका स्कुुल र विश्वविद्यालयहरु बन्द गरिएका थिए । विज्ञहरुका अनुसार कोरोनाको नियन्त्रणमा भियतनामले पाएको सफलता पछाडि उसले चालेका तीव्र प्रतिक्रियाहरु मुख्य कारण हुुन् । 

सावधानीपूर्वक गरिएको कन्ट्रयाक ट्रेसिङ 
भियतनाम सरकारले चालेका सुुरुवाती कदमहरुले सामुुदायिक प्रसारणलाई प्रभावकारी रुपमा अंकुुश लगाएको थियो । पहिलो तीन सातासम्म कुुनै पनि नयाँ संक्रमणहरु देखिएको थिएन । तर विदेशबाट फर्केकाहरुले मार्च महिनामा संक्रमण दोस्रो लहर निम्त्याएका थिए । 

अधिकारीहरुले संक्रमितहरुको ठेगाना पछ्याउँदै उनीहरुलाई दुुई साताको अनिवार्य क्वारिन्टनमा राखेका थिए । 

देशमा रहेका ६३ वटा प्रान्तीय, ७०० वटा जिल्लास्तरीय र ११ हजारवटा सामुुदायिक रोग नियन्त्रण केन्द्रहरुबाट संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गरिएको थियो । संक्रमितहरुलाई उनीहरुले बितेको १४ दिनभित्र भेटेका सबै जनाको सूचि बनाउन लगाइएको थियो । कोरोना संक्रमितहरु कहिले र कहाँ कहाँ देखिएका थिए भन्ने जानकारी दिन टिभी र पत्रपत्रिकामा सूचनाहरु जारी गरिएका थिए । 

त्यस्तै त्यसबेला कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्न आदेश दिइएको थियो । जब हानोईमा अवस्थित सबैभन्दा ठूलो बाच माई अस्पताल दर्जनौ संक्रमितका साथ कोरोनाको हटस्पट बन्यो, तब अधिकारीहरुले अस्पतालको स्वास्थ्य सेवामा लकडाउन गर्दै अस्पतालसँग जोडिएका र सम्पर्कमा आएका करीब १ लाखको पहिचान गरेर परीक्षण गरेका थिए । 

प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यकेन्द्र, होटल र  मिलिटेरी क्याम्पको क्वारेन्टिनमा राखिएको थियो । केही अप्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई भने सेल्फ क्वारेन्टिनमा बस्न भनिएको थियो । मे १ सम्म करीब ७० हजार जनतालाई सरकारी सुुविधायुुक्त क्वारेन्टिनमा राखिएको थियो भने १ लाख ४० हजार जनालाई होटेल र घरको क्वारेन्टिनमा राखिएको थियो । 

यसका साथै कोरोनाबारे जनतालाई सचेत बनाउन विभिन्न सचेतनामूलक सन्देशहरु प्रवाह गरिएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा जनताका मोबाइलमा सचेतनामूलक एसएमएसहरु पठाएको थियो । कोरोना सम्बन्धी जानकारी र केही समस्या परे हटलाइन नम्बरको व्यवस्था गरिएको थियो । 
-एजेन्सी