काठमाण्डौ। मार्च २५ बाट लागू गरेको कडा लकडाउनलाई शनिबार भारत सरकारले हटाउने निर्णय गर्यो। विगत १० दिनदेखि भारतीय आकाश र सडकहरुमा देखिएको व्यस्तताले यस्तो निर्णय आउन सक्ने अपेक्षा गरिएको थियो। 

भारतमा अधिकांश व्यापार व्यवसाय र कार्यस्थल खुुला गरिएका छन्। भौतिक निर्माणका कार्यहरु पुनः सुुरु भएका छन्। बजारहरुमा भीडभाड बढेको छ। पार्किङस्थलहरु भरिन थालेका छन्। चाँडनै होटेल, रेस्टुुराँ, मल, धार्मिकस्थल, स्कुुल र कलेजहरु पुनः सुुचारु हुुनेछन्। 

यता महामारीले भारतमा निरन्तर रुपमा आफ्नो गतिलाई बढाइरहेको छ। भारतमा लकडाउन लागू हुँुदा ५१९ जना कोरोना संक्रमित थिए भने मृत्युु हुुनेको संख्या १० थियो। अहिले भारतमा संक्रमितको संख्या बढेर २ लाख नजिक पुुगेको छ भने मृत्युु हुुनेको संख्या ५ हजार नाघेको छ। तर पनि किन भारत लकडाउन हटाउन हतार गर्यो। 

धान्न नसकिने लकडाउन 

“वास्तवमै लकडाउन हटाउने समय आएको छ”, संक्रामक रोग अनुुसन्धानकर्ता र प्राध्यापक गौतम मेननले भने, “एउटा निश्चित विन्दु पार गरिसकेपछि आर्थिक, सामाजिक र मनोवैज्ञानिक रुपमा लकडाउनलाई जारी राख्न गाह्रो हुुने गर्दछ।” 

पहिलो दिनदेखि नै भारतले लकडाउनका लागि ठूलो मूल्य चुुकाउनुु परिरहेको छ। भारतमा दैनिक ज्यालादारीमा काम गरेर गुुजारा चलाउनेको जनसंख्या धेरै रहेको छ। लकडाउनले भारतको खाद्यान्न आपूर्ति शृंखलालाई जोखिममा पारेको छ। करोडौँ आमसर्वसाधारणको जनजीवन जोखिममा परेको छ भने कार उत्पादनदेखि लिएर उच्चस्तरका व्यापारव्यवसाय र सडक कुुनामा रहेका पान पसलहरुसम्म प्रभावित बनेका छन्। 

अर्थतन्त्र ठप्प भएपछि बेरोजगार दर उच्च भएको छ। लकडाउनका कारण भारतको आर्थिक प्रक्षेपण ३० वर्षयताकै निम्न विन्दुुमा पुुगेको छ। 

भारतको केन्द्रीय बैंकका पूर्वगर्भनर तथा अर्थशास्त्री रघुुराम राजनले अप्रिल महिनाको अन्त्यमा भारतले लकडाउन चाँडै हटाउनुुपर्ने र लकडाउनलाई लम्बाए आर्थिक अवस्था भयावह हुुन सक्ने चेतावनी दिएका थिए। “लकडाउनको वास्तविक लक्ष्य भनेको संक्रमणको दरलाई सुुस्त पार्नुु थियो। त्यसैका लागि हामीले स्वास्थ्य सेवा र प्रणालीहरुलाई चुुस्त दुुरुस्त पारेका थियौँ ता कि संक्रमण बढे त्यसलाई नियन्त्रण गर्न सकियोस् र हाम्रो त्यो लक्ष्य धेरै हदसम्म पूरा भएको छ”, सार्वजनिक स्वास्थ्यविज्ञ डा एन देवदासनले भने। 

विगत दुुई महिनादेखि भारतमा स्कुुलदेखि लिएर रेल कोचहरुलाई क्वारेनटिनका लागि प्रयोग गरिनुुका साथै अस्पतालहरुमा कोभिड १९ वार्डहरु थपिएका छन् र सुुरक्षाका उपकरणहरुको उत्पादनमा पनि वृद्धि भएको छ। “हामीले लकडाउनलाई आफूलाई तयार पार्न प्रयोग गरेका छाँै र अब अर्थतन्त्रलाई पुुनर्जीवित पार्ने अवस्था आएको छ”, दिल्लीका मुुख्यमन्त्री अरबिन्द केजरीवालले भने। 

चाँदीको घेरा

जनघनत्व बढी भएको भारतमा हप्तौँसम्म अपेक्षाकृत रुपमा कम देखिएको कोरोना संक्रमणले विज्ञहरुलाई अचम्मित पारेको थियो। बाक्लो जनसंख्या, रोगको बोझ र न्यून सार्वजनिक अस्पतालहरुको बाबजुुत पनि संक्रमण र प्राणघातको कुुनै प्रलय देखिएको छैन। कम परीक्षण दरले अघिल्लोलाई व्याख्या गर्दछ पछिल्लोलाई होइन। 

वास्तवमा भारतले केसहरुको भारका आधारमा भन्दा पनि लकडाउनले करोडाँै अनौपचारिक कामदार र आप्रवासीलाई बेरोजगार बनाएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा स्थान पाएका थिए। असुुरक्षित र त्रसित धेरैजसो कामदार हिँडेर र साइकल चढेर सयौँ किलोमिटर दूरी तय गरेर घर फिर्ती भइरहेका तस्बिरहरुले प्रमुुख स्थान पाएका थिए। निश्चित समयका लागि तोकिएको लकडाउनका बीच कोरोनाको संक्रमणमा धेरै वृद्धि देखिएको थिएन। तर यो अवस्था धेरै समयसम्म टिकेन। 

संक्रमणका केसहरु बढ्दै गएपछि यो अवस्थामा परिवर्तन हँुुदै गयो। “मलाई के शंका लागेको छ भने संक्रमणका घटनाहरु बढ्दै जानेछ तर संक्रमणको लक्ष्यणहरु हल्का खालको हुुनेछन्”, डा देवादसनले भने। 

भारत सरकारलाई लकडाउन हटाउन हौसला प्रदान गरिरहेको एउटा कारण के हो भने भारतमा देखिएका अधिकांस संक्रमणका घटनाहरुलाई लामो अवधिसम्म अस्पतालहरुमा राख्न आवश्यक देखिएको छैन। यसका साथै मुुम्बईबाहेकका सहरमा बेडको कुुनै कमी देखिएको छैन। 

भारतको आँकडाहरुमा शंका गर्न सकिने ठाउँहरु प्रशस्त रहेका छन् तर पनि वर्तमानको आँकडाले के देखाउँछ भने भारत अन्य देशहरुको जस्तो नराम्ररी प्रभावित बनेको छैन। तर केही मानिसहरु यो तथ्यमा सहमत छैनन्। ज्याकोव जोन जुुन जो एक प्रमुुख भायरोलोजिस्ट हुुन, उनले बताएका छन् कि भारतमा मृत्युुको रेकर्ड राख्न कहिल्यै पनि एउटा सबल प्रणाली थिएन र अहिले पनि छैन। उनका अनुुसार भारतमा यतिबेला कोरोना संक्रमणबाट धेरै को मृत्युु भएको हुुन सक्छ र त्यसलाई पहिचान गर्न भारत सरकार विफल भइरहेको छ। “महामारीको वक्ररेखालाई स्थिर राख्नुुभन्दा हाम्रो उदेश्य यसबाट हुुने मृत्युु रेखालाई घटाउनुु हुुनुु पर्दछ”, उनले भने। 

रणनीतिमा परिवर्तन 

के भारत सरकार संक्रमणको दर उच्च देखिए फेरि लकडाउन लागू गर्ने मनसाय बनाइरहेको छ। डा मेनन मान्दछन् कि लकडाउन सही समयमा लागू गरिएको थियो र यसको उद्देश्य विदेशबाट भित्रने संक्रमणका केसहरु घटाउनुु थियो। 

मेननका अनुुसार अब भारतमा लकडाउनलाई स्थानीयकरण गर्नुुपर्ने बेला आएको छ। भारतमा कोरोना संक्रमणको फैलावट असमान रहेकाले केन्द्रीय सरकारले त्यहाँका राज्य सरकारहरुलाई कहिले र कुुन ठाउँमा लकडाउन लागू गर्ने भन्ने अधिकार प्रदान गरेको छ। 

महाराष्ट्रमा मात्रै भारतको कुुल संक्रमणको एक तिहाइ सक्रिय केसहरु देखिएको छ। त्यस्तै तमिलनाडुु, गुुजरात र दिल्लीको संक्रमणको केसहरु जोड्दा देशको कुुल संक्रमणको ६७ प्रतिशत हुुन आउँछ। तर विहारजस्ता अन्य राज्यहरुमा फर्किएका आप्रवासी कामदारहरुले त्यहाँ संक्रमणको जोखिम उच्च देखिएको छ। “सुुरुआतमा संक्रमणका धेरैजसो घटनाहरु सहरमा मात्रै देखिएका थिए र हामीले आप्रवासी कामदारलाई सहरमै राखेका थियौँ र उनीहरुलाई घर फर्कन दिएका थिएनौँ। अहिले हामी उनीहरुलाई घर फर्किन दिइरहेका छौँ। यो कदमले हामीहरु भाइरसलाई सहरबाट गाउँसम्म पुुग्न सहयोग गरिरहेका छौँ। जुुन खतराको संकेत हो”, डा देवदासनले भने। 

भारत सरकारले लकडाउनका कारण करिब ३ लाख संक्रमणका घटनाहरु कम गराएको र ७१ हजारको ज्यान बचाएको बताइरहदा अब अगाडिको अवस्था के हुुने हो भन्नेबारे कुुनै स्पष्ट संकेत देखिएको छैन। – सीएनएन