काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट अतिप्रभावित अमेरिकामा हवाई यात्राले भने गति लिन थालेको छ।

अमेरिकामा गत मे महिनादेखि हवाई यात्रामा केही वृद्धि देखिन थालेको थियो। अहिलेसम्म यसले निरन्तरता पाइरहेको छ। तर कोरोना महामारीअघिको जस्तो स्तरमा भने छैन। 

बितेको एक महिनाको अवधिमा अमेरिकी विमानस्थल सुुरक्षा चेक प्वाइन्टबाट गुुज्रने यात्रुुहरुको संख्या दोब्बरले वृद्धि भएको छ। अमेरिकी यातायात सुुरक्षा प्रशासनका अनुुसार गत साता करिब ९ लाख ४९ हजार हवाई यात्रुुको जाँच गरिएको जनाएको छ। 

त्यस्तै प्रशासनले मे महिनाको पहिलो साता ४ लाख ७६ हजार यात्रुुको जाँच गरेको थियो। अमेरिकी एयरलाइन्स (एएएल) का अनुुसार गत साता मेरोरियल डे को तुुलनामा धेरै मानिसले हवाई यात्रा गरेका थिए। 

हवाई यात्रुुको संख्यामा वृद्धि भए पनि कोरोना महामारीले अमेरिकी हवाई उद्योगलाई अभूतपूर्व झट्का लागेको छ। 

मे महिनाको सबैभन्दा व्यस्त दिनमा सन् २०१९ को तुुलनामा जम्मा १४ प्रतिशत यात्रुुले मात्रै यात्रा गरेका थिए। यात्रुुको संख्यामा आएको गिरावटका कारण अमेरिकाका धरैजसो हवाई कम्पनीहरुले कर्मचारी कटौती गर्नुुका साथै बाँकी रहेकाको पारिश्रमिक पनि घटाएका छन्। 

प्रत्येक उडानमा यात्रुुको संख्या बढ्दै गइरहेको छ। घरेलुु उडानमा यो साताको अन्त्यमा औसत रुपमा प्रत्येक उडानमा ४७ यात्रुुले यात्रा गरेका छन्। मे महिनामा भने प्रत्येक उडानमा औसत रुपमा १७ जना यात्रुुले यात्रा गरेका थिए। 
हवाई कम्पनीहरुले यी संख्याहरुले मुुनाफा नदिलाउने र यात्रुरुको संख्या वृद्धिसँगै कम्पनीको घाटा घट्दै जाने जनाएका छन्। तर हवाई यात्रुुको संख्या वृद्धि हुुँदा यसले यात्रुुलाई सामाजिक दूरी कायम राख्न कठिनाइ हुुने देखिएको छ। 

यतिबेला अमेरिकामा हवाई कम्पनीहरुले उचित स्वास्थ्य प्रबन्धका साथ हवाई सेवा प्रदान गरिरहेका छन्। – एजेन्सी