काठमाण्डौ । भारतको औषधि नियामक निकाय केन्द्रीय औषध मानक नियन्त्रण संगठनले कोरोना उपचारमा एन्टीभाइरल औषधि रेमडेसिविर प्रयोग गर्न अनुुमति प्रदान गरेको छ।

यो अनुुमतिसँगै अब भारतका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमित गम्भीर बिरामीहरुको उपचारका लागि रेमडेसिविर प्रयोग गरिनेछ। संगठनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी कम्पनी बायोफर्म गिलियड साइन्सेजले यो औषधि उतपादन गर्ने गर्दछ र भारतमा यसलाई सोझै उत्पालनस्थलबाट आयात गरिनेछ। यसका साथै उनले भारतमा बढ्दो संक्रमणका कारण यो औषधि प्रयोग गर्ने निर्णय लिइएको बताए। 

भारतमा यो औषधि इन्जेक्सनका रुपमा आउने बताइएको छ। अमेरिकी बायोफर्म गिलियड साइन्सेज्का अनुुसार कोरोनाको उपचारका लागि विश्वभर गरिएका क्लिनिकल परीक्षणमा रेमडेसिविर अन्य औषधिको तुुलनामा धेरै प्रभावकारी देखिएको छ। 

संगठनका अनुुसार अहिलेसम्म भारतका तीनवटा कम्पनीहरु सिपला, हेटेरो र ल्याब्स एन्ड बीडीआर फर्माले भारतमा रेमडेसिविरको उत्पादन र बिक्रीका लागि आवेदन दिएका छन्। – एजेन्सी