काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा गरिएको परीक्षणका क्रममा २८८ जना संक्रमित थपिएका हुन् । योसहित अब नेपालमा कुल संक्रमितको संखया २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नयाँ संक्रमित मध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन्।

हालसम्म अस्पतालबाट निको भएर डिस्चार्ज हुनेहरुको संख्या २६६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म नेपालमा आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।