काठमाण्डौ । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरी गौशाला नगरपालिकाका एक व्यक्तिको आइतबार राति मृत्यु भएको छ।

ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट घर फर्किएका थिए। सोही दिनदेखि उनलाई गौशाला नगरपालिकाकै क्वारेन्टिनमा राखिएको थियो। 

क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो। उनी शनिबार साँझतिर गौशालाझ१० बटौलीस्थित घर पु गेका थिए। तर भोलिपल्ट राति आइतबार उनको निधन भउको खबर आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए। 

ती व्यक्तिको अत्याधिक रक्सी सेवनबाट ज्यान गएको प्राम्भिक अनुमान लगाइएको पनि प्रजिअ कटुवालले बताए। ‘छरछिमेक र आफन्तसँग बुझ्दा उनले त्यस दिन अत्याधिक रक्सी सेवन गरेको पाइएको छ’, उनले भने, ‘मृत्युको कारण अत्याधिक रक्सी सेवन पनि हुन सक्छ।’

त्यसो त ती व्यक्तिको परिवारजनले दाहसंस्कार गरिसकेका छन्। दाहसंस्कारअघि मृतकको पुनः स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको गौशालाका मेयर शिवनाथ महतोले बताए।