काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी पछिल्लो समय झनै बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ। 

यो महामारीबाट हालसम्म विश्वभर ७० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यसले ४ लाख बढी मानिसको ज्यान लिइसकेको छ।

डबल्यूएचओका प्रमुख टेड्रोस एदनहोम गेब्रेयासिसले यो महामारीको समय ६ महिनाभन्दा बढी भइसक्दा पनि थुप्रै देशले राहातको सास लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कोरोना भाइरसका विषयमा भएको प्रेस कन्फ्रन्समा उनले भने पछिलो १० दिनमा मात्रै विश्वभर १ लाखभन्दा बढी संक्रमणको मामिला देखिएको बताए। ‘जसमा अमेरिका र दक्षिण एसियामा बढी संक्रमण फैलिएको देखिएको छ’, उनले भने, ‘यसले गम्भीर परिस्थितको अवस्था देखाउँछ।’

त्यसो त टेड्रोसले केही देशबाट आएका सकारात्मक र सुखद् खबर डब्ल्यूएचओले प्रचारप्रसार गरेर प्रोत्साहन गर्ने काम पनि गरिरहेको बताए। ‘यद्यपि ती देशमा अझै पनि यो ठूलो समस्याका रुपमा आउन सक्छ यदि उनीहरु आफूहरुले कोरोनामाथि विजयी हासिल गरेको भनेर ढुक्क भएर बसे भने।’

डब्ल्यूएचओले हालै गरेको अनुसन्धानले अझै पनि विश्वका थुप्रै मानिस यो भाइरसको संक्रमणको दायरामा आउन सक्ने चेतावनी दिएको छ।  – एजेन्सी