काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशमा ४३४ कोरोना संक्रमित थप भएका छन् । 

थप भएकामध्ये ४८ महिला छन् भने ३८६ जना पुरुष रहेका छन् । बिहीबार थप भएको संख्यासहित देशमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । 

कुल संक्रमितमध्ये १ हजार १४२ महिला र १० हजार २० जना पुरुष रहेका छन् । 

यसैबीच, पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ३१२ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।