काठमाण्डौ । कोरोना महामारीबीच भारतीय स्टेट बैंक (एसबीआई) ले आउँदा ६ महिनामा २ हजार जुनियरदेखि मिडिल लेभलसम्मका एग्जिक्युटिभ्स कर्मचारी भर्ना गर्ने भएको छ।

ग्रामीण इलाकामा राम्रो ग्रोथ गर्न र आफ्नो बिजनेस बढाउनका लागि बैंकले यति धेरै कर्मचारी भर्ना गर्न लागेको बैंकका अधिकारीहरु बताउँछन्। नयाँ कर्मचारीको भर्ना सेल्स र कल सेन्टरका लागि हुने बैंकले जनाएको छ। ताकि बैंकले क्रेडिट कार्ड बिजनेस बढाउन सकोस्। यसका लागि ग्रामीण र कृषि क्षेत्रका अनुभवीलाई बैंकले जागिर दिनेछ। 

बैंकले फाइनान्सियल इक्लुजनमा फोकस गर्नका लागि एउटा छुट्टै भर्टिकल पनि बनाउको छ। जसका लागि करिब ४०० कर्मचारी भर्ना गरिनेछ। 

एसबीआई कार्डस केही महिनाअअघि मात्र सेयर बजारमा सूचीकृत भएको थियो। जुन अब आफ्नो बिजनेस बढाउने विषयमा सोचिरहेको छ। 

बैंकका अनुसार सेल्स र कल सेन्टरमा मात्रै करिब १५ सय कर्मचारी भर्ना गरिनेछ। यी कर्मचारीको तलब भारु १५ हजारदेखि २५ हजारसम्म हुने बैंकले जनाएको छ। 

गत वर्ष पनि बैंकले २ हजार अफिसर र करिब ८ हजार क्लर्क भर्ना गरेको थियो। 

बैंकले सर्भिस क्वालिटी र बैंकिङ सर्भिसको उपलब्धता अझै राम्रो बनाउने योजना बनाएको छ। यसका लागि बैंकले ६८ हजार कस्टमर प्वाइन्टको प्रयोग गर्ने जनाएको छ। – एजेन्सी