काठमाण्डौ । कोरोना संक्रमित थपिने संख्या भन्दा डिस्चार्ज हुनेको संख्या हिजो झै आज पनि निरन्तर रह्यो । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा ११८ नयाँ संक्रमित थपिए भने यहही अवधिमा १२० जना डिस्चार्ज पनि भए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएको संख्यासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा काठमाण्डौमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

हालसम्म डिस्चार्ज हुनेको संख्या समेत ८ हजार ११ पुगेको छ । यसरी हेर्दा हालसम्म कोरोना संक्रमितमध्ये करिब आधा संक्रमित निको भइसकेका देखिएको छ । हाल ८ हजार ६०३ वटा कोरोना संक्रमणका सक्रिय केश रहेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशका ६ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । 

हालसम्म ६ वटा जिल्ला संक्रमणमुक्त भएका छन् । ती जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलु, मुस्तांग, मनांग र हुम्ला रहेका छन् ।