काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ११६ कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमित हुनेको संखया १७ हजार ६१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको यो अवधिमा ३४ जना थप संक्रमित डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज(निको) हुने संक्रमितको संख्या १० हजार ३२८ पुगेको छ । 

हालसम्म देशका विभिन्न क्षेत्रमा ६ हजार ६९५ संक्रमित आइसोलेसनमा रहेका छन् भने क्वारेन्टिनमा रहेको संख्या २४ हजार ७१६ रहेको छ ।