काठमाण्डौ । विश्वमहामारी कोरोना संकटबीच दुबईको रियल स्टेट कारोबार प्रभावकारी सुधार देखिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा आधारित प्रोपर्टी डेभलपर्सका प्रमुख व्यापारिक अधिकृत अकिल कजिमले गत वर्षको तुलनामा सन् २०२० को दोस्रो त्रैमाससम्म रियल स्टेस कारोबार ३८.८ प्रतिशतले घटे पनि गत जुलाईदेखि सुधार आएको बताए। उनका अनुसार अप्रिलदेखि जुन महिनाको रियल स्टेसको त्रैमासमा ५ हजार ५५९ कारोबार भएको छ। दुबई ल्याण्ड डिपार्टमेन्टका अनुसार गत वर्ष यही अवधिमा ९०८८ कारोबार भएको थियो। 

कजिमका अनुसार यूएईमा पुष्टि भएको ६२ हजार ५२५ कोरोना संक्रमणका बाबजुत पनि त्यहाँको रियल स्टेस गतिविधिमा देखिएको सक्रियता साँच्चै नै प्रभावकारी छ। यो वर्षको सुरुआती ६ महिनामा यूएईको रियल स्टेट कारोबार गत वर्षको तुलनामा १२.४ प्रतिशतले घटेको थियो। 

यूएई ल्यान्ड डिपार्टमेन्टका अनुसार यो वर्षको जनवरीदेखि जुनसम्म १५ हजार ८८३ वटा रियल स्टेटका कारोबार भएका छन्। – एजेन्सी