काठमाण्डौ । कोरोना कहरका बीच लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ बाट आफ्ना सेयरधनीलाई ११.४८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ । 

कोरोना संकटका कारण थपिएका कतिपय नियामकीय व्यवस्था र प्रोभिजनमा ठूलो नाफा रकम छुट्याउनु परेको अवस्थामा समेत बैंकले औसत प्रगति गरेको देखिएको हो । 

समीक्षा अवधिमा यो बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ५९ करोड रहेको नाफा घटेर यो वर्ष १ अर्ब ४८ करोडमा सीमित बन्न पुगेको छ भने यो अवधिमा बैंकको रिटेन अर्निङ १ अर्ब ४५ करोडबाट १ अर्ब ६० करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष २ अर्ब २९ करोड रहेको संचालन मुनाफा घेर यो वर्ष २ अर्ब १४ करोडमा सीमित भएको छ भने अघिल्लो वर्ष २ अर्ब २७ करोडमा सीमित रिजर्बको आकार बढाई बैंके २ अर्ब ५४ करोडको उचाई चुमाएको छ । 

बैंकले अघिल्लो वर्ष ३ अर्ब १६ करोड रहेको खूद ब्याज आम्दानी बढाएर यो वर्ष ३ अर्ब ४१ करोडको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ८६ करोड बढी निक्षेप संकलन गरी ८९ अर्ब ४३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८० अर्ब ३२ करोड निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड बढी कर्जा परिचालन गरेको थियो । 

यो बैंकले समेत कोरोना कहरकै बीच खराब कर्जाको अनुपात घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म १.२० प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष १.०४ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा लक्ष्मी बैंकको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा १७.८२ रुपैयाँ थियो । 

यो अवधिमा बैंकको कस्ट अफ फण्ड ६.१८ प्रतिशत, सीडी रेसियो ७१.७७ प्रतिशत, असार अन्तिमको बेस रेट ९.२३ प्रतिशत, मूल्य आम्दानी अनुपात १३.८१ गुणा, प्रतिसेयर नेटवर्थ १४२.२४ रुपैयाँ कायम भएको छ ।