काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभरबाट ४६८ कोरोना संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा १२४ जना निको भएका छन् । योसँगै कोरोनामाथि जित हासिल गर्नेको संख्या १७ हजार २०१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार २७ जनामा पीसीआर परीक्षण भएको छ । योसहित हालसम्म देशभर पीसीआर परीक्षण भएको संख्या ५ लाख ५ हजार ६६० पुगेको छ । 

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये सबैभन्दा बढी काठमाण्डौ जिल्लाका ८० जना, ललितपुरका ९ र भक्तपुर जिल्लाका ९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रमा मृत्यु हुने कोरोना संक्रमितको संख्या बढिरहेको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको मन्त्रलायले जनाएको छ ।