काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ कोरोना संक्रमित थपिएका छन् । 

देशभर १० हजार ६४१ पीसीआर टेस्ट हुँदा १२४६ संक्रमित फेला परेका हुन् ।

सोही अवधिमा १ हजार २४३ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

यसरी देशमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ र कुल डिस्चार्ज संख्या ४२ हजार ९४९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्मको तथ्यांकअनुसार निको हुने दर केही बढेर ७२ प्रतिशत पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभर थप ४ संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।