काठमाण्डौ । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितभन्दा निको हुने संख्या धेरै देखिएको छ। 

यो अवधिमा देशभर १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ मा संक्रमण पुष्टि भएको हो । यही अवधिमा १ हजार ४४७ संक्रमित निको भई घर फर्किएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको हालसम्मको कुल संख्या ६२ हजार ७९७ पुगेको छ भने कुल डिस्चार्ज संख्या ४५ हजार २६७ पुगेको छ । 

पीसीआर परीक्षणको कुल संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न क्षेत्रमा ११ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।