काठमाण्डौ । कोरोना महामारीबाट देश र जनतालाई बचाउन ब्रिटेनले निकै कडाई नियम जारी गरेको छ । त्यहाँको सरकारले यदि आफ्ना नागरिकले आफूलाई आइसोलेट गरेनन् भने १० हजार पाउण्डसम्मको जरीवाना तिर्नुपर्नेछ । यो भनेको नेपालको करिब १६ लाख रुपैयाँ बराबरको रकम हो । 

यदि ब्रिटेनमा कुनै पनि व्यक्ति कोरोना पोजिटिभ प्रमाणित भयो वा कुनै कोरोना पोजिटिभसँग उसको कन्ट्याक्ट टेसिंग भयो भने उसले आफूलाई अलग्गै राख्नुपर्नेछ अर्थात आइसोलेट गर्नुपर्नेछ । 

बीबीसीका अनुसार यो नियम त्यहाँ सेप्टेम्बर २८ देखि लागू हुनेछ । त्यहाँको सरकारले अन्य केही नयाँ कदमहरु समेत चालेको छ । जो मानिसको कमाई कम छ, उसलाई ५०० पाउण्डका दरले तत्काल सहयोग उपलब्ध गरिनेछ । 

यस्तै, यदि कुनै अपार्टमेन्ट वा घरका मालिकले आइसोलेट हुने व्यक्ति(डेरावाल)विरुद्ध कुनै कदम उठायो भने त्यस्तालाई समेत निकै भारी जरीवाना लगाइनेछ । 

ब्रिटेनमा पछिल्लो समय कोरोना भाइरसको केश बढिरहेको छ र यहीकारण प्रधानमन्त्रीले कतिपय बन्देजहरुलाई अझ कडा बनाएका हुन् ।