काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३६५ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर भएको ११ हजार १५४ पीसीआर टेस्टबाट १३६५ को रिपोर्ट पोजिटिभ आएको हो । 

उपत्यकामा तीन जिल्लामा सबैभन्दा बढी संक्रमित फेला परेका हुन् । काठमाण्डौमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थप भएका बताइएको छ । 

गत २४ घण्टामा कोरोनामाथि जित हासिल गरी डिस्चार्ज हुनेको संख्या ८२३ रहेको छ । योसँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ तथा निको हुने दर ७२ प्रतिशत कायम भएको छ । 

पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको छ । मृतकहरु काठमाण्डौका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिला रहेका छन् ।