काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४९७ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा थप १७ संक्रमितको ज्यान गएको छ । 

यो अवधिमा सरकारले देशभर ११ हजार ४४९ पीसीआर परीक्षण गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ । 

यस्तै, कुल मृतकको संख्या ४५३ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ संक्रमित निको भएका छन् । योसहित कुल निको भएका संक्रमितको संख्या ५० हजार ४११ र निको हुने दर ७२.७ प्रतिशत रहेको छ ।