काठमाण्डौ । नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । 

श्रेष्ठसहित राष्ट्रबैंकको ७ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठसहितका कर्मचारी होम आइसोलेसनमा बसेका छन् भने उनीहरुको सम्पर्कमा आएका केन्द्रीय बैंकका कर्मचारीहरु समेत क्वारेन्टिनमा बसेका छन् । 

डेपुटी गभर्नर श्रेष्ठलाई कोरोना संक्रमण भएपछि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी पनि क्वारेन्टिनमा बस्न थालेका छन् । करिब १ महिनाअघि पनि अधिकारी आफू निकटका कर्मचारीमा संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा बसेका थिए । 

कोभिड संक्रमण पुष्टि भएर घरमै आइसोलेट रहेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफ्नो अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

‘घाँटीमा सामान्य पीडा महसुस भएको छ । ज्वरो सामान्य छ ।’ उनले बिजशालासँग भनेका छन्–‘खोकी छैन । शरीरमा दुखाई पनि छैन । म घरमै आइसोलेसनमा छु, बाँकी सबै ठीक छ ।’