काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् । कुल १२ हजार २६२ पीसीआर टेस्ट हुँदा १ हजार ३१३ मा संक्रमण पुष्टि भएको हो । 

योसहित हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ७० हजार ६१४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५५ संक्रमित निको भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । शुक्रबारसम्मको निको हुने दर ७३.४ प्रतिशत पुगेको छ। 

पछिल्लो यो अवधिमा ६ जना संक्रमितको ज्यान गएको छ । योसहित हालसम्म मृत्यु हुने कुल संक्रमितको संख्या ४५९ पुगेको छ ।