काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमित हुनेको कुल संख्या ७१ हजार ८२१ पुगेको छ । 

यही अवधिमा देशभरबाट १ हजार १४७ संक्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना लागेर निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ । निको हुने दर ७४ प्रतिशत पुगेको छ । 

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ । 

पछिल्लो अवधिमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ४६७ पुगेको छ ।