काठमाण्डौ । कोरोना भाइरसले अहिले सिंगो संसारको निन्द्रा खलबलाइदिएको छ । मानिसहरुका मष्तिष्कमा यो भाइरससँग सम्बन्धित थुुप्रै प्रश्नहरुले डेरा जमाएको पाइन्छ । यो भाइरस मानव शरीरमा कसरी प्रवेश गर्छ ? भाइरसको संक्रमण पश्चात शरीरमा कस्ता लक्षणहरु देखापर्छ ? कस्ता मानिसमा यो भाइरसको संक्रमण र मृत्युको अधिक सम्भावना रहन्छ ? र, यसको उपचार कसरी गर्ने ? भन्ने जस्ता अनेकन प्रश्नहरु माथि दिनहँुजसो चर्चा हुुने गर्दछ ।

चिनको वुहान शहरको जिन्यितान हस्पिटलका कोरोनाभाइरसको उपचारमा संलग्न चिकित्सकहरुले यी आम प्रश्नहरुको उत्तर दिन सुुरु गरेका छन् । कोरोनाभाइरसबाट संक्रमित सुुरुवाती ९९ बिरामीहरुको विस्तृत जानकारी लान्सेन्ट मेडिकल जर्नलमा प्रकाशित भएको छ ।

वुुहानको जिन्यिन्तान हस्पिटलमा ल्याइएका ९९ बिरामीमा निमोनियाको लक्षण देखिएको थियो । यि संक्रमित बिरामीका श्वासप्रश्वास प्रणालीमा समस्या देखिएको थियो । खासमा मुुटुको जुन ठाउँबाट रगतमा अक्सिजन जानुुपर्ने हो त्यहाँ पानी भरिएको थियो । यसका अलावा अन्य लक्षणहरु पनि देखिएका थिए ।

१. ८२ जनामा ज्वरो थियो
२. ८१ जनामा खोकी थियो
३. ३१ जनामा श्वासप्रश्वासको समस्या थियो
४. ११ जनामा मांसपेशीको दुुखाई थियो
५. ९ जनालाई आफूलाई भाइरसले संक्रमण गरेको भ्रम थियो
६.८ जनाको टाउको दुुखेको थियो
७. ५ जनाको घाटीमा खटीराको समस्या देखिएको थियो

मृत्युको सुुरुवाती घटना
कोरोना भाइरसबाट मृत्युु भएका पहिला दुुई व्यक्ति स्वस्थ देखिएका थिए । उनीहरु लामो समय देखि चुुरोटको लतमा फसेका थिए । यसकारण उनीहरुको मुुटुु कमजोर बन्न पुगेको थियो ।

अर्का अस्पताल ल्याइएका ६१ वर्षिय वृद्ध निमोनियाको गम्भिर लक्षणबाट पिडित रहेको पाइएको थियो । उनलाई श्वास लिन एकदमै ग्राहो परिरहेको थियो । भेन्टिलेटरमा राखिएता पनि उनको मुुटुुले काम गर्न छोडेको थियो जसको कारण उनको मृत्यु भयो ।

२५ जनवरीसम्म ९९ व्यक्तिको कोरोनाभाइरसको कारण मृत्युु भइसकेको थियो । त्यो मितिसम्म ५७ व्यक्ति अस्पतालमा भर्ना भएका थिए । ३१ जनालाई अस्पतालबाट घर फिर्ती गराइएको थियो । घर फिर्ता भएका मध्य ११ जनाको मृत्युु भएको थियो ।

मार्केट स्टाफ
वुहान शहरको हुुअनान् सिफुड मार्केटमा पाइने समुन्द्री जिवको कारण कोरोनाभाइरस फैलिएको आशंका गरिएको छ । बुहानको जिन्यितान हस्पिटलमा ल्याइएका ९९ व्यक्तिमध्ये ४९ व्यक्तिको यही सिफुड मार्केटसँग सम्बन्ध थियो । उनीहरु त्यो सिफुड मार्केटमा म्यानेजर देखि लिएर पसल मालिक र कामदारको रुपमा काम गरिरहेका थिए । संक्रिमित भएका दुुई जना मात्रै सिफुड खरीदकर्ता थिए ।

प्रभावित व्यक्तिमा बयस्क धेरै
९९ जना विरामीमा धेरै जसो वयस्क व्यक्तिहरु थिए । उनीहरु मध्य ६७ जना पुुरुष थिए र विरामीको औसत उमेर ५६ वर्ष थियो । तर उपलब्ध तथ्यांक अनुसार संक्रमित महिला र पुुरुषको संख्यामा खासै भिन्नता छैन । चिनको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुुसार ६ जना पुरुषको तुुलनामा ५ जना महिलामा यो भाइरसको संक्रमण पाइएको थियो । महिलाको तुुलनामा पुुरुषलाई यो भाइरसले धेरै संक्रमण गर्नुमा सामाजिक तथा सांस्कृतिक कारणलाई मुख्य जरोको रुपमा मानिएको छ । चिकिस्तकका अनुसार महिलामा एक्स क्रोमोजोम र सेक्स हर्माेन धेरै हुुने भएकाले उनीहरुको प्रतिरोधक क्षमता पुुरुष भन्ला बढि हुुन्छ । त्यसैले यो भाइरसले महिलालाई भन्दा बढि पुुरुषलाई धेरै संक्रमित बनाएको उनीहरुले बताए ।

जो व्यक्ति पहिलेदेखि नै विरामी थिए
९९ जना बिरामीमध्ये धेरैजसो पहिलेदेखि नै कुुनै न कुुनै रोगबाट ग्रसित थिए । जसका कारण कोरोनाभाइरसको संक्रमणको जोखिम उनीहरुलाइै धेरै थियो । डाक्टरहरुले यसलाई कमजोर प्रतिरक्षा प्रणालीको उपज मान्दछन् । ४० जना विरामीको मुुटुु कमजोर थियो र उनीहरुको रक्त बाहिनीमा समस्या थियो । उनीहरुलाई मुुटुुको रोग लागेको थियो । उनीमध्य धेरैजसोलाई पहिले नै हृदयघात भइसकेको थियो । १२ जनालाई मधुुमेहको समस्या थियो ।