काठमाण्डौ । लकडाउनको अवस्थामा समेत बैंकिङ, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी सेवाहरु सुचारु राख्नुपर्ने भएको छ । 

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले कोभिड–१९ को संक्रमणको अवधि यकिन गर्न सकिने अवस्था नरहेको र यसको क्षतिको समेत तत्काल यकिन गर्न नसकिने भन्दै मारमा पर्नसक्ने अर्थतन्त्र बुस्ट गर्ने लगायतका विषयमा ९ बुँदे निर्णय समेत गरेको छ । 

बैठकले कोरोनाका कारण प्रभावित सबै बैंक तथा वित्तीय संस्था(गैरबैंकिङ वित्तीय संस्था समेत)ले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असूली सम्बन्धी कार्य हालका लागि चैत मसान्तसम्म स्थगन गर्ने समेत निर्णय गरेको छ । 

यस्तै, बैंक तथा वित्तीय संस्थाबाट भएको कर्जाको वर्गीकरण तथा व्यवस्था(प्रभिजनिंग) गर्ने कार्य हाललाई यथास्थितिमा राख्ने व्यवस्था मिलाउन समेत नेपाल राष्टबैंकलाई बैठकले निर्देशन दिएको छ । 

बैठकले बैंकहरुको काउण्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित बनाएर मात्र प्रयोगमा ल्याउने व्यवस्था गर्न राष्ट्रबैंक र सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

बैठकले गरेका ९ बुँदे निर्णय यसप्रकार छ: