काठमाण्डौ । चीनमा कोरोना भाइरसबाट ज्यान गुुमाउनेको संख्या १ हजारभन्दा बढी पुुगिसकेको छ । हिजो एक दिनमा मात्रै यो भाइरसबाट ९७ जनाले ज्यान गुुमाएका खबर बाहिरिएको थियो । तर, चिनिया सरकारलाई यो भाइरसबाट मर्नेको वास्तविक संख्या लुुकाएको र ठूलो संख्याको शवलाई गुुपचुुप ढंगले जलाएको आरोप लागेको छ । जब कि चीनमा लाशलाई जलाउने परम्परा छैन । सोमबार सार्वजनिक भएको बुहानको स्याटेलाइट तस्विरमा आगोको ठूलो डल्लोको रुपमा सल्फरडाइअक्साइड ग्यास देखिएको छ । 

वैज्ञानिकका अनुसार यस्तो अवस्था मेडिकल फोहोर जलाउँदा या त लाश जलाउँदा देखिने गर्छ । इन्टेल वेबकाअनुुसार यति धेरै धूँवा करिब १४ हजार शव जलाउँदा निस्किने गर्दछ । ब्रिटीस अखबार डेलिमेलले पनि बुुहानको सेटेलाइट तस्विरमा शंका जनाएको छ । अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्टका अनुुसार मानिसको शव जलाउँदा सल्फर ग्यासको अलावा मर्करी, डाइअक्सिन, हाइड्रोक्लोरिक एसिड जस्ता केमीकल निस्कने गर्दछ । 

वुहानको सेटेलाइट तस्विरमा सल्फरडाइअक्साइडको स्तर १७०० युुजी/घन मिटरसम्म रहेको छ । जुुन खतराको स्तरभन्दा २१ गुुणा धेरै हो । ८० युुजि÷घनमिटरलाई खतरनाक मानिन्छ । यस्तै, तस्विर चोङकिङ शहरको पनि देखिएको छ । जहाँ यो भाइरस पनि महामारीको रुपमा फैलिएको छ ।

यो वुहानबाट ९०० किलोमिटरको दुुरीमा रहेको छ । वुहानबाट बुुलेट ट्रेनमा यहाँ ४–५ घण्टामा पुुग्न सकिन्छ । दुुवै शहरको बीचमा ३१ वटा बुुलेट ट्रेन चल्ने गर्दछन् । जुु नअहिले बन्द अवस्थामा रहेका छन् । यस्तोमा दोस्रो कुुनै ट्राफिकबाट पनि यति धेरै मात्रामा ग्याँस निक्लने सम्भावना रहँदैन ।    

ब्लुुमबर्गको रिपोर्टअनुुसार अबको केही हप्तामा वुुहानमा कोरोनाबाट संक्रमित व्यक्तिको संख्या ५ लाखसम्म पुुग्न सक्ने देखिएको छ । यो शहरमा २३ जनवरीबाट करीब १ करोड १० लाख व्यक्ति आ–आफ्नो घरमा बाहिर ननिक्ली बसिरहेका छन् । लन्डन स्कुुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनले वुुहानमा कोरोना भाइरस फैलिएको तरिकाको अध्ययन गरेको थियो । जसमा संक्रमण यहि गतिमा फैलिए फेब्रुुअरी सकिँदासम्म शहरको करीब ५ प्रतिशत जनसंख्या अर्थात ५ लाखभन्दा व्यक्ति कोरोनाभाइरसबाट संक्रमित हुुन्छन् ।