काठमाण्डौ । कोरोना भाइरसको प्रभावका कारण चीनमा धेरैजसो कम्पनीहरुले कामकाज बन्द गरेका छन्। यसको प्रत्यक्ष प्रभाव स्मार्टफोन र फिचर फोनको मूल्यमा पनि देखिने भएको छ। 

मार्केट विश्लेषकहरुका अनुसार आउँदो दुई साताभित्र स्मार्टफोन उत्पादक कम्पनीहरुले भारी मूल्यवृद्धि गर्ने तयारी गरिरहेका छन्। उनीहरुका अनुसार स्मार्टफोनको मूल्यमा ६ देखि ७ प्रतिशतसम्म बढ्न सक्छ। मनौँ कुनै एउटा स्मार्टफोनको मूल्य ४० हजार रुपैयाँ छ भने त्यसमा ३ हजार रुपैयाँसम्म बढ्न सक्छ। 

त्यस्तै फिचर फोनको मूल्यमा १० प्रतिशतसम्म बढ्ने सम्भावना छ। यसको मतलब एउटा फिचर फोनको मूल्य १५ हजार रुपैयाँ छ भने यसमा १५ सय रुपैयाँसम्म बढ्ने सम्भावना छ । – एजेन्सी