काठमाण्डौ । कोरोनाभाइरसको दौरान सबैलाई धेरै चिन्ता यसलाई फैलन नदिई रोक्न र आम मानिसहरुको जीवन बचाउनुमा छ । 

यस्तै बेला हाम्रो अर्थव्यवस्था र मानिसको निजी वित्तीय व्यवस्थामा पर्नसक्ने प्रभाव पनि धेरै नै हुनसक्छ । 

यस्तो अवस्थामा हामीले स्वास्थ्य र हाइजिनलाई केन्द्रमा राखी आफ्नो क्रेडिट स्कोर र वित्तीय स्वास्थ्यको पनि अधिक ख्याल राख्नुुपर्छ, ताकि यहीबेला आर्थिक संकटको दलदलमा नफसियोस् । 

सानो सानो उपाय अपनाएर कोरोनाभाइरसको संक्रमणका दौरान वित्तीय स्वास्थ्य र क्रेडिट स्कोर दुवै उत्तम र सुुरक्षित बनाइ राख्न सकिने विज्ञ सुझाउँछन् । 

जीवनशैली र विलासितामा हुुने खर्च कम गर्नुुहोस्
कोरोना भाइरसजस्तो अप्रत्यासित आपतको स्थितिविरुद्ध लड्न सबैभन्दा राम्रो तरिका यो हो कि तपाईँ कहाँ कम खर्च गर्न सक्नुुहुुन्छ । सबै गैरजरुरी खर्च हटाउनुुुस् र यो हेर्नुुहोस् कि तपाइको भोजन, आवास र यातायातजस्ता जरुरी काममा मात्रै कति पैसा चाहिन्छ । यस्तो संकटका बेला यिनीहरुबाट तपाइलाई मद्दत मिल्नेछ । 

तपाईले आफ्नो क्रेडिट कार्डको प्रयोग पनि विचार पुर्याएर मात्र गर्नुपर्छ । यस्ता विकल्पहरुको प्रयोगबाट तपाईमा कर्जाको अतिरिक्त भार बढ्दैन । यसो गर्न सकिएन भने तपाईको क्रेडिट स्कोरमा नकारात्मक असर पर्नसक्छ । 

सम्पर्करहित डिजिटल भुुक्तानी गर्नुुहोस्
विश्व स्वास्थ्य संगठनकाअनुुसार हाम्रा करेन्सीहरु पनि भाइरसको संवाहक हुुुनसक्छ । यस्तो अवस्थामा सम्पर्करहित भुुक्तानीतर्फ जोड दिनुुपर्छ । सरकारले पनि बैंकहरुलाई पनि भनेको छ कि उनीहरुले आफ्ना ग्राहकलाई डिजिटल भुुक्तानीका माध्यमबाट जस्तै डेबिट कार्ड, मोबाइल बैंकिंग आदि उपाय अपनाउन प्रोत्साहित गरुन् र कागजको नोटको कमभन्दा कम प्रयोग गरुन् ताकि कोरोना भाइरस संक्रमणबाट बच्न सकियोस् ।

नियमित तरिकाबाट आफ्नो क्रेडिट रिपोर्ट हेर्दै गर्नुहोस्
आफ्नो क्रेडिट रिपोर्ट उपर तपाईँको नियमित नजर हुुनुु आवश्यक छ र अब त यस्तो समय आएको छ कि यो बेला तपाईले अतिरिक्त सतर्कता कायम गरिराख्नुपर्छ । यो अनिश्चिततापूर्ण समयमा तपाईँको आफ्नो वित्तीय स्थितिको गतिविधिका बारेमा जानकार हुुुनुुपर्छ र आफ्नो क्रेडिट रिपोर्टको नियमित सुुपरीवेक्षण गर्नुुपर्छ, ताकि कुुनै पनि प्रकारको अवाञ्छित धोकेबाजीबाट पनि बच्न सकियोस् । यस्तो गरे तपाईँ समयमै यस्ता कुुनै पनि मामलाविरुद्ध लड्न सक्नुुहुुनेछ र आफ्ना क्रेडिट स्कोर सकारात्मक बनिरहन्छ । 

कर्जाको प्रबन्ध गर्नुुहोस् र पैसा दिने बारे अपडेट राख्नुुहोस्
आफ्नो क्रेडिट कार्ड बिल र ऋणको इएमआइ समयमै भुुक्तान गर्नुुहोस् । राम्रो क्रेडिट स्कोर बनाइराख्नका लागि यस्तो काम जरुरी हुुन जान्छ । यदि तपाईँ समयमै भुुक्तान गर्नहुुन्न भने विलम्ब शुुल्क र जरिवाना तथा ब्याजदर तिर्नुपर्ने हुुन्छ र अन्ततः तपाइको क्रेडिट स्कोरमा नोक्सानी पुग्नसक्छ । यदि यस्ता महामारीका बेला जरुरी भुक्तानी गर्न सक्नुहुन्न भने आफ्ना कर्जादातालाई समयमै यसको जानकारी दिनुहोस् । 

आपतकालीन ऋणका रुपमा क्रेडिट कार्डको उपयोग गर्नबाट बच्नुुहोस्
महामारीका कारण तपाईँको तलब वा व्यापारबाट हुुुने मासिक आय प्रभावित हुुनसक्छ । यस्तो समयमा क्रेडिट कार्ड तुुलना गरी व्यक्तिगत ऋण लिनु राम्रो हो । किनभने यस्ता क्रेडिट कार्डमार्फत लिइएको ऋण केही हप्ताभित्रै भुक्तान गर्नुपर्छ, भुक्तान गर्न सकिएन भने निकै ठूलो बिलम्ब शुल्क तिर्नुपर्ने हुन्छ । जबकि व्यक्तिगत ऋण भने केही सहज र लामो अवधिसम्म तिर्न मिल्ने खालको हुन्छ । कम्तीमा पनि ५ वर्षसम्मका लागि व्यक्तिगत लोन हुँदा यस्ता संकटबाट पार पाउन सकिन्छ र ऋण तिर्नका लागि प्रशस्त समय तपाईसँग हुन्छ । 

क्रेडिट कार्डको ब्याजदर पनि व्यक्तिगत ऋणको भन्दा चर्को हुन्छ । 

पेण्डिंग कर्जा चुकाइदिनुुहोस्
यस्तो बेलामा कर्जालाई धेरै पेण्डिंगमा राख्नुहुन्न र चाँडोभन्दा चाँडो चुक्ता गर्नु नै बुद्धिमानी हुन्छ । महामारीपछि आउने आर्थिक अनिश्चितताले तपाईको कर्जा चुक्ता गर्ने क्षमता पनि प्रभावित हुनसक्छ । यसबाट तपाईँलाई क्रेडिट कार्ड स्कोर र इतिहासमा विपरीत प्रभाव पर्नसक्छ । यस्तो स्थितिमा बच्नका लागि समयै आफ्नो कर्जा चुक्ता गर्ने बानीको विकास गर्नुपर्छ । यसका लागि आफ्नो सबै कर्जाको सूूची बनाउनुुस् र जसलाई सबैभन्दा पहिले चुुक्ता गर्न जरुरी छ, त्यसमा केन्द्रीत हुनुहोस् । यस्तोमा सबैभन्दा महंगो कर्जादेखि सुुरुवात गर्नुु उचित हुुुन्छ । जुुन कर्जाका ब्याजदर ज्यादा छ, त्यसलाई सबैभन्दा पहिले चुक्ता गरे बिना चुुक्ता गरिसकेको कर्जा उपर ब्याजको कुुल भुक्तानीमा कमी आउनेछ किनकि उच्च ब्याजदर उपर ब्याज तेजीले जम्मा हुुन्छ । यस्तो लगानी जसले ज्यादा लाभ दिइरहेको छैन अथवा काम लाग्ने छैन, त्यसलाई क्वीट गरेर नगद जम्मा गर्नुहोस् । यसबाट कर्जा चुुक्ता गर्नुुहोस् ताकि तपाईँ थप कर्जाको जालोमा फस्नबाट बच्नुुहोस् ।