काठमाण्डौ । कोरोनाभाइरसको फैलावट बारे अन्य चिकित्सकसकलाई सचेत गराउने वुुहानकी पहिलो डाक्टरलाई पक्राउ गरिएको आशंका हराउँदै गएको मिडियाहरुमा रिपोर्ट प्रकाशित भएको छ । 

कोरोनाको फैलावटबारे अन्य डाक्टरलाई सर्वप्रथम सचेत गराउने डाक्टर आई फेनले आफूले सार्स कोरोनाभाइरस संक्रमितको तस्बिर सार्वजनिक गरेपछि वुुहान सेन्ट्रल अस्पतालका अधिकारीहरुबाट अत्यन्त कठोर निन्दाको सामना गर्नुुपरेको बताएकी थिइन् । 

यो तस्बिर सार्वजनिक भएर व्यापक रुपमा फैलिएपछि लि वेइनलिङले यसको फैलावट बारे चेतावनी दिएका थिए । उनको यो चेतावनीलाई चिनिया अधिकारीहरुले बेवास्ता गर्दा अहिले विश्वका ४१ हजारले आफ्नो ज्यान गुुमाइसकेका छन् । 

लि वेइनलिङ तिनै डाक्टर हुुन्, जसलाई चिनिया प्रहरीले गलत अफवाह फैलाएको भन्दै चुुप लगाएको थियो र पछि उनको कोरोनाभाइरसकै कारण मृत्युु भएको थियो । 

डाक्टर आईले एक चिनिया म्यागेजिनमा भाइरसको फैलावट बारे दिएको चेतावनीलाई नकारेकोमा अस्पताल व्यवस्थापनको आलोचना गरेदेखि उनलाई नदेखिएको अष्ट्रेलियन टेलिभिजन ‘६० मिनेट’ले जनाएको छ । टेलिभिजनमा अनुुसन्धानबारे प्रसारण भएपछि डाक्टरको विइवो अकाउन्ट(टीव्टर जस्तै चीनीया अकाउन्ट )मा एउटा फोटो सेयर गरिएको थियो । जसमा ‘एक नदी, एक रोड र एक घडी चिम’ भनेर क्याप्सन लेखिएको थियो । 

कोरोनाभाइरसको फैलावटको सुुरुवाती चरणमा चीन सरकारले देखाएको प्रतिक्रिया र त्यससम्बन्धी जानकारी लुुकाएको भन्ने सर्वत्र आलोचना भएपछि डाक्टर आईलाई गायब पारिएको अफवाहहरु सार्वजनिक भएका छन् । 

बेइजिङले सुुरुवातमा कोरोना संक्रमण लुकाउन भाइरस पत्ता लगाउने र यसबारे जानकारी दिने चिकित्सकहरुलाई दण्डित गरेको थियो । उसले यो भाइरस एक व्यक्तिबाट अर्काेमा फैलने कुरालाई नकारेको थियो भने प्रभावित क्षेत्रमा लकडाउन र प्रतिबन्ध गर्न ढिलासुुस्ती गरेको थियो । 

कोरोनाले उग्र रुप लिन थालेपछि कम्युुनिष्ट पार्टीले सार्वजनिक सूचनामाथि नियन्त्रण राख्दै सूचनामा सेन्सर गर्न थाल्यो र चीनबाट विश्वमा गलत समाचार र जानकारीहरु प्रवाह गर्न थाल्यो । उसले विश्वको ध्यान भड्काउन अमेरिकी सेनाले यो भाइरस चीनमा फैलाएको भन्नेसम्मको आरोप लगायो ।  

अहिले प्रमुुख राजनीतिज्ञहरुले पनि चीनमा कोरोना संक्रमित र मृत्युुको संख्या धेरै हुुनसक्ने र यसबारे सरकारले ढाँटिरहेको बताइरहेका छन्।

कोरोनाको इपीसेन्टर वुुहानका स्थानीय जनताले यो संख्या सार्वजनिक गरिएकोभन्दा दश गुुणासम्म बढी हुनसक्ने बताएका छन् । 
– डेलिमेलको सहयोगमा तयार रिपोर्ट