काठमाण्डौ । आउने साताहरुमा एसिया बाहिरका देशका सरकारहरुले आफ्ना जनतालाई कोरोनाबाट बच्न फेस मास्क लगाउन सुुझाव दिन सक्नेछन् ।

तर, यो सुुझाव एसियाली देशका नागरिकका लागि भने एउटा रणनीतिको संकेत मात्रै हुुनेछ, जुुन संकटको सुुरुवातदेखि यस क्षेत्रका अधिकांश देशहरुमा अपनाइएको छ । तर, एसिया बाहिरका देशका सार्वजनिक स्वास्थ्य अधिकारीहरुले केही साता पहिले मास्कले कोरोना नरोक्ने आत्मविश्वासी दाबी गर्दै जनतालाई यसको साटो नियमित हात धुुन र सामाजिक दुुरी कायम राख्न सुुझाव दिएकाले त्यहाँ नागरिकका लागि यो उद्घोष भ्रमपूर्ण हुुनसक्छ । 

फेब्रुुअरीको अन्तिममा अमेरिकाका सर्जन जनरल जेरोमे एडम्सले ट्वीट गर्दै मास्क किन्न बन्द गर्न भनेका थिए । ट्वीटमा उनले आम मानिसलाई मास्कले कोरोनाभाइरसबाट बचाउन र नियन्त्रण गर्न प्रभावकारी नहुुने र यदि स्वास्थ्यकर्मीलाई यसको अभाव भयो भने यसले उनीहरु र बाँकी समुुदायलाई समेत जोखिममा धकेल्न सक्ने बताएका थिए । 

यो ट्वीट ४३ हजार पटक रिट्वीट भएको थियो । जेरामेले ट्वीट गरेको त्यही साता सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सिडीसी)का डाइरेक्टर रोबर्ट रेडफिल्ड सांसदहरुको अगाडि प्रस्तुुत भएका थिए । जहाँ उनलाई सांसदहरुले सर्वसाधारणले मास्क लगाउन जरुरी छ कि छैन भनेर प्रश्न गरेका थिए । सांसदको प्रश्नको जवाफमा उनले ‘सर्वसाधारणले मास्क लगाउन आवश्यक छैन’ भनेका थिए । 

तर, गत सोमबार उनी आफ्नो पहिलेको अडानभन्दा फरक अभिव्यक्तिका साथ प्रस्तुुत भएका थिए । सोमबार एनपिआरलाई रेडफिल्डले बताए अनुुसार सिडिसीले आफ्नो गाइडलाइनलाई परिवर्तन गर्न सक्ने र समुुदायलाई संक्रमणबाट बचाउन मास्क लगाउन सिफारिस गर्नसक्ने बताएका थिए । 

गत महिना क्यालिफोर्नयिाका माइक्रोबायोलोजिस्ट विशेषज्ञ एड्रियन बुर्चले मास्कले संक्रमण रोक्दैन भन्ने सुुनिरहँदा यसलाई बल पुुर्याउने र समर्थन गर्ने कुुनै पनि प्रमाण नभेटिएको भनेर टिप्पणी लेखेका थिए । वास्तवमा यसको विपरीत मास्कले वर्तमानमा देखिएको जस्तै महामारीबाट बचाउँछ भन्ने प्रमाण भेटिएको छ । 

बुुर्चले मास्कले संक्रमणबाट बचाउने भन्ने विषयको प्रकाशित अध्ययनहरुको प्रणालीगत विश्लेषण कोचरन रिभ्युुलाई संकेत गर्दै सन् २००३ मा सार्सको महामारी रोक्न मास्कले भूमिका खेलेको बलियो प्रमाण भेटिएको बताएका थिए । 

बेइजिङको समुुदायमा संक्रमणको प्रसारण सम्बन्धी एक अध्ययनले सार्सको संक्रमण फैलनमा आएको ७० प्रतिशत गिरावट समुुदायले निरन्तर मास्क लगाउनुुसँग सम्बन्धित रहेको जनाएको थियो । कोभिड १९ जस्तै सार्स पनि एउटा स्वास्प्रस्वास सम्बन्धित रोग हो । जुन एउटै भाइरस परिवार भित्र पर्ने गर्दछन् । त्यतिबेला सार्स पूरै विश्वमा फैलिएको भएपनि एसियाको मेनल्याण्ड चीन र हङकङमा यसले महामारीको रुप लिएको थियो । 

त्यतिबेलाको प्रभाव अहिलेको महामारीको प्रारम्भिक समयमा देखिएको छ । कोरोना संक्रमणको समाचार बाहिरिएसँगै आफूलाई भाइरसबाट बचाउन मानिसहरुले मास्क लगाइरहेका छन् । कोरोनाको संक्रमणको सुुरुवातदेखि नै हङकङ र अन्य एसियाली देशहरुका सरकारहरुले संक्रमणको लक्ष्यण नदेखिए पनि सर्वसाधारणलाई मास्क लगाउन निर्देशन दिएका थिए । ताइवान, दक्षिणकोरीया र चीनका सबै ठाउँमा मास्कको व्यापक प्रयोगले कोरोना रोकथाम र नियन्त्रण गर्न युुरोप र उत्तर अमेरिकाले प्रयोग गर्नुुभन्दा पहिले पुुन ठूलो सफलता हासिल गरेको छ । 

युुरोप र उत्तर अमेरीकामा मानिसहरु मुुश्किलले मास्क लगाउँछन् । यसको प्रयोगलाई उनीहरु आवश्यक ठान्दैनन् । सिएनएनसँग कुरा गर्दै हङकङ युुनिर्भसिटी स्कुुल अफ मेडिसिनका संक्रमित रोग विशेषज्ञ इभान हुुङले भने,“यदि तपाइले हंकंगको आकडा हेर्ने हो भने संक्रमण रोक्न मास्कको प्रयोगले महत्वपूर्ण भुुमिका खेलेको पाइन्छ । यसले कोरोनाभाइरसको संक्रमण मात्रै रोकेको छैन कि इन्फुुलुुन्जाको दरलाई पनि तल झारेको छ । अहिले इन्फुुलुुन्जा संक्रमणको सिजन हो । त्यसैले मास्कको प्रयोगले कोरोनाको संक्रमणका साथै इन्फुलुुन्जालाई पनि रोक्न सघाएको छ । ”

कोरोनाको संक्रमणको मुुख्य जोखिममा रहे पनि मार्चको सुरुवातसम्म हङकङमा जम्मा १५० जनमा कोरोना संक्रमित देखिएका थिए । अहिले युुरोप र अमेरिकाबाट मानिसहरु फर्किरहेका कारण यहाँ कोरोनाको जोखिम बढेको छ । 

बुुर्चले अनुुसन्धानबाट मास्कले कठिनाई निम्त्याउनुु भन्दा पनि कोरोना संक्रमणमा सहायता पुुर्याइरहेको तथ्य बाहिर आएको बताए । “यदि कपडाको मास्क मात्रै भए पनि राम्ररी र सही ढंगले लगाइयो भने त्यसले संक्रमणबाट बचाउँछ र यसबाट हानी हुुन्छ भनेर कुुनै वैज्ञानिक प्रमाण भेटिएको छैन । र यसले भाइरसको संक्रमण घटाउन सहयोग गर्ने गर्दछ ।” उनले भने