काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय र प्रदेश सरकारबाट स्थापित कोषमा ८५ लाख रुपैयाँ सहयोगको निर्णय गरेको छ । 

बैंकले बिहीबार यस्तो निर्णय गरेको हो । 

सेञ्चुरीले ७ वटा प्रदेश सरकारबाट स्थापित कोरोना रोकथाम कोषमा ५ लाख रुपैयाँको दरले ३५ लाख र केन्द्रीय सहयोग कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।