काठमाण्डौ । चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस अहिले आधी विश्वमा फैलिसकेको छ । यो भाइरसको कारणले हजारौले आफ्नो जीवन गुुमाइसकेका छन् । 

चिनको अलावा यो भाइरस अहिले विश्वका अन्य देशमा समेत तीव्र गतिमा फैलिरहेको छ । भाइरस फैलिएसंगै यस संग सम्बन्धित विभिन्न खाले झुुठा र आधारहिन भ्रम र अफवाहहरु पनि फैलिरहेका छन् । 

यस्तोमा विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुुकले आफ्नो प्लेटफर्मबाट यस्ता भ्रमहरु फैलनबाट रोक्न कडाइ गर्न सुुरु गरेको छ ।

फेसबुुकले बुुधबार एउटा विज्ञप्ति जारी गर्दै फेसबुुकबाट यो भाइरससंग सम्बन्धित झुुठा भ्रमले भरिपूर्ण विज्ञापन र समाचारहरु प्रकाशनमा रोक लगाउने जनाएको छ । 

फेसबुुकले सामाजिक सञ्जालबाट आमजनमानसलाई  भ्रमित पार्ने पोस्टहरु माथि निगारानी बढाइएको उल्लेख गरेको छ । फेसबुुकले अहिले कोरोनाभाइरसबारे गलत जानकारी दिने समाचार पोस्ट र विज्ञापनलाई हटाइरहेको छ । विशेषगरी फेसबुुकले फेसमाक्सका विज्ञापनहरु जसले भाइरसबाट सतप्रतिशत बचाउने दाबी गरिरहेका छन्, ती विज्ञापनलाई हटाइरहेको छ । 

पछिल्लो महिना पनि फेसबुुकले आफ्नो प्लेटफर्म मार्फत कोरोनाभाइरस बारे प्रकाशन भइरहेका झुुठा लेखहरुलाई हटाउने जनाएको थियो । यस्तै लोकप्रिय भिडियो क्रियसन एप टिकटकले पनि कोरोनाभाइरस बारे जनचेतनामूलक भिडियोहरु प्रकाशनमा जोड दिइरहेको छ ।